ADVERTISEMENT
Monday, April 20, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

टोयोटाले ल्यायो लेटेस्ट हाईड्रोजन फ्युल सेल सिस्टम

२० प्रतिशत बढी रेन्ज दिने

गणेश कुमार यादव by गणेश कुमार यादव
February 17, 2025
in विश्व
0
टोयोटाले ल्यायो लेटेस्ट हाईड्रोजन फ्युल सेल सिस्टम
56
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- जापानी कार उत्पादक कम्पनी टोयोटाले पछिल्लो समय  हाइड्रोजन फ्युल सेल प्रविधिमा काम गरिरहेको छ ।
२०२४ मा टोयोटाले १ हजार ७ सय ७८ वटा हाइड्रोजन फ्युल सेल विद्युतीय कार(एफसीईभी) विश्वभर बिक्री गरेको थियो। २०२३ को तुलनामा २०२४ मा टोयोटाको एफसीईभी बिक्री ५५.८ प्रतिशतले गिरावट आएको हो।
हाइड्रोजन फ्युल सेलले मास मार्केट हुन्छ वा हुँदैन त्यो अहिले नै यकिन गर्न सकिँदैन। तर टोयोटाले हाइड्रोजन पावरट्रेन विकासमा ठूलै जोडबल गरिरहेको छ। हालै टोयोटाले तेस्रो पुस्ताको फ्युल सेल सिस्टम सार्वजनिक गरेको छ। ‘हाइड्रोजन सोसाइटी’ विकासमा टोयोटा दत्तचित्त भएर लागेको पछिल्लो कदमबाट पनि पुष्टि हुन्छ।
टोयोटाका अनुसार तेस्रो पुस्ताको फ्युल सेल सिस्टम पहिलेको भन्दा सानो, हलुका, मोर डिपेन्डेवल र अझै प्रभावकारी रहेको छ। यसअघिको फ्युल सेलको तुलनामा तेस्रो पुस्ताको फ्युल सेल दुई गुण बढी ड्युरेवल रहेको दाबी टोयोटाको छ।
पछिल्लो सिस्टममा फ्युल इफिसियन्सीमा राम्रो सुधार भएको छ।
दोस्रो पुस्ताको तुलनामा तेस्रो पुस्ताको फ्युल सेल सिस्टम जडित प्यासेन्जर सवारीले २० प्रतिशत धेरै ड्राइभिङ रेन्ज दिनेछ। टोयोटाको मिराइ एफसीईभीले हाल फ्ल ट्यांकी हाइड्रोजनले ४ सय २ माइल कुदाउन सकिन्छ भने नयाँ सिस्टमको फ्युल सेल जडित मिराइ एफसीईभीले ४ सय ८० माइल रेन्ज दिने टोयोटाको दाबी रहेको छ ।
त्यस्तै तेस्रो पुस्ताको फ्युल सेल सिस्टमको उत्पादन लागत पनि अघिल्लो पुस्तको तुलनामा सस्तो हुने दाबी टोयोटाले गरेको छ। सेल डिजाइन र उत्पादन प्रक्रियामा आएको नवीनताले यो सम्भव भएको टोयोटाले बताएको इनसाइडईभीज्ले उल्लेख गरेको छ। योसँगै हाइड्रोजन फ्युल सेल सवारीको सुरुवाती मूल्य यसअघिको तुलनामा कम हुनेछ।
प्यासेन्जर कार बिक्री न्यून भएकाले तत्कालका लागि यो सेगमेन्टमा तेस्रो पुस्ताको फ्युल सेलले त्यति ठूलो प्रभाव पार्ने छैन। तर कमर्सिलय सवारी सेगमेन्टमा भने टोयोटाको नयाँ सिस्टम निकै प्रभावकारी हुन सक्छ।
वातावरणका लागि इन्टरनल कम्बस्चन इन्जिन र ब्याट्री ईभी दुवै त्यति दीर्घकालीन छैन जति हाइड्रोजन फ्युल सेल हुन सक्छ। हाइड्रोजन फ्युल सेल सवारी र यसका इक्युपमेन्टहरुले वातावरणका लागि कुनै प्रकारको हानिकारक ग्यास पैदा गर्ने छैन। हाइड्रोजन फ्युल सेल सवारी संवेदनशील वातावारणीय क्षेत्रमा समेत सजिलै प्रयोग गर्न सकिन्छ। सबै हिसाबले ठीक मानिएको हाइड्रोजन फ्युल सेल सवारीको लागत र पुनर्भरण भने अझै जटिल अवस्थामै छ।
आगामी साता जापानको टोकियोमा हुन लागेको इन्टरनेसनल हाइड्रोजन एन्ड फ्युल सेल एक्स्पोमा टोयोटाले तेस्रो पुस्ताको फ्युल सेल सिस्टम सार्वजनिक गर्ने बताएको छ। यो सिस्टम व्यावसायिक रुपमा पहिलो चरणमा जापान, युरोप, उत्तरअमेरिका र चीनमा प्रयोगमा आउने छ। यसका लागि २०२६ सम्म कुर्नुपर्ने टोयोटाले जनाएको छ।
नेपालमा ग्रिन हाइड्रोजन उत्पादन गरेर त्यसबाट हाइड्रोजन फ्युल सेल सवारी सञ्चालन गर्न सकिनेबारे केयूको अध्ययन केन्द्रित रहेको छ।
नेपालमा पनि हाइड्रोजन फ्युल सेलबारे काठमाडौं विश्वविद्यालयले गहन रुपमा अध्ययन गरिरहेको छ। केयूले गत वर्ष कोरियाबाट एउटा हाइड्रोजन फ्युल सेल कार परीक्षण प्रयोजनका लागि ल्याएको थियो।

Tags: टोयोटा कम्पनी
Previous Post

जि-मटर्सको म्यानेज्मेन्ट मिटिङ तथा सेल्स ट्रेनिङ सम्पन्न

Next Post

विद्यार्थीको रहस्यमय मृत्युबारे सरकारले तत्काल छानबिन गरोस् : प्रदेश अध्यक्ष उदय

Next Post
विद्यार्थीको रहस्यमय मृत्युबारे सरकारले तत्काल छानबिन गरोस् : प्रदेश अध्यक्ष उदय

विद्यार्थीको रहस्यमय मृत्युबारे सरकारले तत्काल छानबिन गरोस् : प्रदेश अध्यक्ष उदय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1546 shares
    Share 618 Tweet 387
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist