इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर– ९ स्थित पशुपति मोडल अस्पतालपछाडि शनिबार एक व्यक्तिको शव फेला परेको छ ।
हाटखाेलामा लडिरहेकाे अवस्थामा इटहरी ९ बस्ने अन्दाजी ५५ वर्षीय गोपाल ठकुरी मृत फेला परेकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक भीम खड्काका अनुसार सो अस्पतालको पूर्वउत्तरतर्फ रहेको नालामा शनिबार अपराहन्न करिब तीन बजे ठकुरीको शव फेला परेको हो ।
शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।