असाेज२९ गते,दुहबी/ नेपाली कांग्रेस दुहबि नगर सभापति बेद गच्छादारले एमाले नेतृ भगवती चौधरी समृदि को बाधक रहेको प्रस्ट्याएका छन्। नेपाल महिला संघ दुहबि नगर समितिको बैठक लाइ सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।सरकार बाट ग्रामिण बिपन्न महिलाको जिबनस्तर उकास्न भन्दै २% ब्याजमा रिण लिएर ३६% सम्मको चक्रबर्ती ब्याजमा ग्रामिण बिपन्न महिलाहरु लाइ ललाइ फकाइ रिण लगाउने र रिण असुलि गर्दा डर त्रास देखाइ सुगुर, बाख्रा, गरगहना समेत उठाउने गरेको उनले बताए।
भगवती चौधरिले आफुपनि महिला भएको भन्दै बिपन्न सोझा सिधा महिलाहरुको सहानुभुति लिने र सोहि मुताबिक झुक्याएर चर्को ब्याजदरमा रिण प्रवाह गर्दा धेरैको रुवाबासि भएको , घरबार उजाडिएको छ, उनले भने रिण तिर्न नसक्दा धेरैको घरमा कलह हुने, सम्बन्ध बिच्छेद हुने जस्ता घट्ना बढेको छ, त्यसैले अरुको घरबार उजाडेर , आफु ७ तल्ले दरबार जोड्ने भगवती चौधरी कुनै हालतमा पनि समृदि को साधक हुन नसक्ने बरु बाधक भएको जिकिर गरे।
गच्छादार भन्छन ” एमाले र झुट पर्यावाचि हुन, बिजय गच्छादारले ३३०बर्षमा केहि गरेन भन्नेले आफु राज्यमन्त्री हुदा के गरेको थियो? आफ्ना ”’बा” ४०महिना प्रधान्मन्त्री हुदा सुनसरि ३ मा कतिवटा बिकासको मुल फुट्यो? कति जनाले सरकारी जागिर खाए? कति जनाले आपत बिपतमा राहत पाए? उनले प्रश्न गरे, बिजय गच्छादारले ३० बर्षमा आफ्नो सानो एक तल्ले घर सिवाय आफ्नो लागि केहि बनाएनन, तर भगवती चौधरिले साँसद नहुदै ७ तल्ले महल, अरु ४/५ वटा घर सहित आलिसान जिबनको बृस्टि कहा बाट आएको छ? पसिना बगाएर दैनिक काम गर्नेले एक छाक खान कठिन हुन्छ भने १०/१२ बर्ष भित्रै यतिका सम्पत्ति को श्रोत के हो? त्यो भ्रस्टचार होइन? सँसद नहुदा त बार्षिक अरबौ कमाइ छ झन साँसद भएसि को आम्दानि ३ गुणाले नबढ्ला भन्न नसक्ने के कुरा? यसको बारे जनताले बुझ्न जरुरि रहेको उनले बताएका छन्।
आसन्न मंशिर ४ मा हुने निर्वाचनमा महिला संघ ले खेल्नु पर्ने भुमिका बारे प्रस्ट्याउदै आ आफ्नो स्थान बाट अगाडि बढ्न गच्छादार ले निर्देशन दिएका छन भने १०१ जनाको महिला सँघ चुनाव प्रचार प्रसार समिति समेत गठन भएको छ।