कार्तिक १० गते,
मधेस प्रदेश । महाेत्तरीकाे पिपरामा दुई समुदायबिच झडपपछी उत्पन्न भएकाे अवस्था नियन्त्रण गर्न अनिश्चितकालिन कर्फ्यू आदेश जारी भएकाे छ।महाेत्तरीकमे भँगहा नगरपालिका वडा नं-८ पररियास्थित भएकने दुई साुदायबिचकाे झडप पछि जिल्ला प्रशासन कार्यालय महाेत्तरीले दुई पक्षबिचकाे तनाव शान्त पार्न अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।
हिन्दु सम्राट सेनाले बिहीबार निकालेको शोभा यात्राको क्रममा दुई समुदायबीच झडप भएपछि असामान्य अवस्थालाई हष्टिगत गरि निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएकाे छ। कुनै हिंसात्मक घटना हुन नदिनका लागि प्रशासनले अवस्था सामान्य नहुन्जेलसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।
भँगहा महानगरपालिकाको दक्षिणमा परियाकाे सम्पूर्ण क्षेत्र ,उत्तरपूर्वमा ब्रह्मस्थान परिया ,उत्तरमा धरमपुर भन्दा दक्षिण ,पूर्वमा लोहारपट्टी नगरपालिका को वडा नम्बर १ मा पर्ने मगहर बगडा चोक,पश्चिममा इलाका प्रहरी कार्यालय लोहरपट्टी स्थित पुलसम्म कर्फ्यू आदेश जारी गरिएकाे छ ।
यता, भँगहाकाे पररिया स्थित भएकाे झडपपछि उत्पन्न अवस्थालाई मध्यनजर गरि कुनै प्रकारकाे उच्छृङ्खल गतिविधि नगर्न नगर प्रमुख संजिव साहले आग्रह समेत गरेकाे छ ।
उनले कहिँकतै कसैको बहकावमा नआई दुई समुदायबीच को अमन चयन कायम राख्न आग्रह गरेका छन् । प्रशासनले निषेधाज्ञा जारी लगायत पछि सबैले पालना गरिदिन आग्रह गर्दै उनले शान्ति कायम राख्न आग्रह गरेका छन्।
बिहीबार दिउँसो हिन्दु सम्राटको शोभायात्रामा मुस्लिम समुदायका केही व्यक्तिले पत्थरबाजी गरेपछि झडप सुरु भएको थियो।
श्राेत : न्युज ब्युराे नपाल