फागुन १७ गते,इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं-४ स्थित रहेकाे सुनसरी बहुमुखी क्याम्पसका छात्रा विधार्थीहरुलाई सेनेटरी प्याड वितरण गरेकाे छ ।
नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाई समितिको आयोजना र १ नम्बर प्रदेश सभा सदस्य हाजी इस्राईल मन्सुरीको सहयोगमा सुनसरी बहुमुखी क्याम्पसमा अध्ययरत्त छात्रा विद्यार्थीहरुलाई बुधबार २५२ वटा प्याकेट सेनेटरि प्याड वितरण गरेकाे हो ।
उक्त कार्यक्रम नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाई समितिका सभापति सेराज हुसैनको अध्यक्षता र प्रदेश १ का संसद हाजी इस्राईल मन्सुरीको प्रमुख अतिथित्यता एवम् जिल्ला समन्वय समिति सुनसरीका प्रमुख तथा जिल्ला समन्वय समिति महासंघका केन्द्रिय अध्यक्ष राजन मेहताको उपस्थितीमा सम्पन्न भएकाे क्याम्पसमा अध्यनरत विद्यार्थी इम्रान अंसारीले जानकारी दिए ।
उक्त प्याड वितरण कार्यक्रम विद्यार्थीहरुको माग अनुसार गरिएको र सेनेटरी प्याड प्राप्त गरेपछि विद्यार्थीहरुले खुशी व्यक्त गर्दै आगामी दिनहरुमा पनि एस्ता कार्यक्रम गरिरहन सराेकारवालाहरुलाई आग्रह समेत गरे । प्याड वितरण कार्यक्रममा ने.वि.संघ सुनसरी जिल्लाका अध्यक्ष प्रमोद भट्टराई र नेपाली काङ्ग्रेस सुनसरी जिल्लाका पूर्व उपसभापति हरिलाल मेहता, नेपाल विद्यार्थी संघ सुनसरी क्षेत्र नम्बर ४ का उपसभापति अल्फेद अन्सारी, सचिब कुन्दन मण्डल, सुनसरी बहुमुखी क्याम्पस इकाई समितिका सभापति सेराज हुसैन, वरिष्ठ उपसभापति नन्दन गुप्ता, उपसभापति बिनिता यादव, निरज शर्मा, सचिव रोशनी उराँव, शम्भु मेहता, सह-सचिव अञ्जली चौधरी, धिरज मेहता लगायतका नेताहरुले सहयोगी प्रमुख अतिथि मंसुरीलाई धन्यवाद दिदिएका थिए । उनिहरुले आगामी दिनहरुमा क्याम्पसमा रहेका विभिन्न समस्या हरुलाइ समाधान गर्न सबैमा सहयाेग गर्न समेत अपिल गरेका थिए । उनिहरुका अनुसार केही राजनिती दलका मानिसहरुले समय समयमा क्याम्पसमा आएर याे भयाे त्याे भयाे भन्द ठुला ठुला भाषण हान्न मात्र आएकाे तर समस्या कसरी समाधान हुन्छ त्यस तर्फ कसैले ध्यान दिएका छैनन् ।
सुनसरी क्षेत्र नं-४(ख) का प्रदेश सांसद हाजी इस्राइल मन्सुरीले क्याम्पसका समस्या जनिकबाट नियालेर हेरेकाे छ र ति सबै समस्या समाधान गर्नका निम्ति मन्सुरीले सम्बन्धित निकायमा कुरा राखि समाधान गर्नेछन् भन्ने कुरामा आफुहरु विस्वस्त रहेकाे विद्यार्थीहरुकाे भनाई छ ।