ADVERTISEMENT
Friday, March 6, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

मेयर शाहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

गणेश कुमार यादव by गणेश कुमार यादव
June 8, 2023
in मुख्य समाचार
0
मेयर शाहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा
40
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले साहसिक निर्णय लिँदै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका छन् । भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू-भागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि शाहले त्यसलाई काउन्टर दिएका हुन् ।

महानगर स्रोतकाअनुसार मेयरको कार्यकक्षमा दुई-तीन दिनअघि नयाँ नक्सा राखिएको हो । शाह भने अहिले पत्नीको उपचारका लागि भारतको बैंगलौरमा छन् । उनले भारत जानुअघि यो नक्सा राख्न निर्देशन दिएका थिए । फर्किएलगत्तै नयाँ नक्साको पृष्ठभूमिमा तस्वीर खिचाएर सार्वजनिक गर्ने उनको योजना छ ।

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको नयाँ संसद भवन उद्घाटन गरेका थिए । यस संसद भवनभित्र ‘अखण्ड भारत’ को नक्सा राखिएको सार्वजनिक भएसँगै नेपालमा तीव्र विरोध भइरहेको छ । यो नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेत समावेश भएका कारण नेपालमा आलोचना भएको हो । नेपाल सरकारले भने यस विषयमा भारतसमक्ष कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालैको भारत भ्रमणमा ‘अखण्ड भारत’ को नक्सालाई उच्चस्तरीय छलफलको विषयवस्तु बनाएनन् ।

हालै मात्र प्रतिनिधिसभाको वैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले नेपालको संसद भवनमा पनि ग्रेटर नेपालको नक्सा राख्न सुझाव दिएका थिए ।

के हो ग्रेटर नेपाल ?

कुनै समय नेपालको भूभाग पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म फैलिएको थियो । तर, अंग्रेजसँगको युद्धपछि नेपालले आफ्नो ठूलो हिस्सा जमिन गुमाउन पुग्यो । सन् १८१६ को मार्च ४ मा नेपाल र इष्ट इन्डिया कम्पनीबीच सुगौली सन्धी भएको थियो, जसले नेपालको भूभाग मेची-महाकालीमा खुम्च्याइदिएको छ ।

भारतबाट अंग्रेज फिर्ता भएपछि नेपालले पनि आफ्नो गुमेको भूमी स्वतः फिर्ता पाउनुपर्ने थियो । तर, तत्कालीन समयमा नेपालले बलियो पहल गर्न नसक्दा मेचीदेखि टिस्टा र महाकालीदेखि सतलजसम्मका भूभाग भारतमै स्थायीरूपमा गाभिन पुगे । भारतले ती जमिन नेपाललाई फिर्ता गर्नुपर्ने आवाज अहिले पनि उठ्ने गरेको छ । राष्ट्रवादी अभियन्ता फणिन्द्र नेपालले ग्रेटर नेपालको प्राप्तिका लागि लामो समयदेखि अभियान नै चलाइरहेका छन् ।

भारतले ‘अखण्ड भारत’ को नक्सा राखेसँगै नेपालमा ग्रेटर नेपालको नक्सा चर्चामा आइरहेको छ । युवा पुस्ताले पनि यसबारेमा चासो दिइरहेका छन् । पूर्वटिस्टादेखि पश्चिम काँगडासम्म समेटेर बनाइएको नक्सा नै ग्रेटर नेपालको नक्सा हो ।

Previous Post

प्रेमिकाको हत्या- शव काटेर कुकरमा पकाए, त्यसपछि कुकुरलाई खुवाए

Next Post

प्रचण्ड-बाबुरामबिरुद्ध युद्ध अपराधमा दरपीठ भएको रिट दर्ता गर्न सर्वोच्चको आदेश

Next Post
प्रचण्ड-बाबुरामबिरुद्ध युद्ध अपराधमा दरपीठ भएको रिट दर्ता गर्न सर्वोच्चको आदेश

प्रचण्ड-बाबुरामबिरुद्ध युद्ध अपराधमा दरपीठ भएको रिट दर्ता गर्न सर्वोच्चको आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist