तेह्रथुम। श्रीमतीको हत्या आरोपमा तेह्रथुमको आठराई गाउँपालिका १ डाँडागाउँका राज कुमार श्रेष्ठलाई झापाको काँकडभिट्टाबाट प्रहरीले पक्राउ गरेको छ ।
२६ वर्षीया श्रीमती रेशिका श्रेष्ठ (दमन्ता)को हत्या गरेको आरोपमा उनलाई काँकडभिट्टा प्रहरीले शनिबार अपराह्न ४ बजे पक्राउ गरेको हो ।
काँकडभिट्टाको एक होटलमा लुकीछिपी बसेको अवस्थामा गोप्य सूचनाको आधारमा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजन चापागाईँले बताए ।
गत साउन १४ गतेदेखि हराइरहेकी श्रेष्ठको शव उनकै पसल पछाडि सँगुरको खोरमा गाडेको अवस्थामा शनिबार फेला परेको थियो । घटनापछि श्रेष्ठका श्रीमान राजकुमार सम्पर्कविहीन थिए ।
गाडेको अवस्थामा शव फेला परेपछि प्रहरीले झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा निगरानी बढाएको थियो । प्रहरीले श्रेष्ठको हत्या श्रीमानबाटै भएको हुनसक्ने भन्दै राजकुमारको खोजी गरिरहेको थियो ।