बैशाख ११ गते,इनरुवा । सुनसरीको इनरुवामा हनुमान जन्माेत्सवकाे पावन अवसरमा माेटरसाईकल र्याली निकालिएका छ ।
मंगलबार इनरुवा नगरपालिका वडा नं-२ स्थित रहेकाे श्री दुर्गा मन्दिर अगाडिबाट राष्ट्रिय सनातनी सेनाका प्रतिनिधिहरुले उक्त माेटरसाईकल र्याली निकालेकाे हाे ।
भगवान् हनुमानकाे जयजयकार सहित विभिन्न भजनहरु बजाउँदै इनरुवा नगरपालिका वडा नं-२ बिहिबारे हाट,बबिया बजार,लक्ष्मीनारायण मिन्दिर,लाेकतान्त्रिक चाैक,बलाहा,मधेसा,सखुवागाछी हुँदै इनरुवा-४ स्थित रहेकाे रामजानकी मन्दिरमा पुगेर उक्त र्याली सम्पन्न भएकाे राष्ट्रिय सनातनी सेनाका शिव कुमार यादवले जानकारी दिए ।
प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्माेत्सव आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।
चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ ।