कार्तिक १३ गते, मोरङ । मोरङको उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलमाथि हातपात भएको छ ।नगरपालिकाको कार्यपालिका बैठक सकेर बाहिरिन खोज्दै गर्दा सोमबार अपराह्न ४ः४५ बजेतिर नगरपालिका परिसरमै उनीमाथि हातपात भएको हो ।
उनलाई उर्लाबारी नगरपालिका–७ का ४८ वर्षीय मिलन भण्डारीले हातपात गरेको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न भण्डारीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले पक्राउ गरेको छ । प्रहरी हिरासतमा रहेका उनीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउने प्रहरीको तयारी छ ।
मेयरमाथि मुक्का प्रहार गर्नुको कारणबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।