गनेश कुमार यादव
पुस २१ गते,इनरुवा । सुनसरी प्रहरीले एकैदिन ६१ जा फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटेकाे सादा पोशाकका प्रहरीले विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेका तर लामो समयदेखि फरार रहेका ६१ जना प्रतिवादीलाई पक्राउ गरेको हाे ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाका अनुसार सादा पोशाकका प्रहरीकाे सक्रियतामा विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेका तर लामो समयदेखि फरार भयी विभिन्न स्थानमा लुकिछिपी बसेको सूचनाको आधारमा एकैदिन उनिहरुलाई पक्राउ गरिएकाे हाे । तिम्सिनाका अनुसार पक्राउ परेका सबैजनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा उपस्थित गराइने तयारी भइरहेको छ भने सुनसरी प्रहरीले काेशी प्रदेशमा चालू आर्थिक बर्षमा हालसम्म सबैभन्दा बढी फरार प्रतिवादी पक्राउ गर्न सफल भएकाे छ ।