इनरुवा । सुनसरीको इनरुवाबाट लागू औषध (खैरो हेरोईन) सहित दुईजना पक्राउ परेकाे छ ।
शुक्रबार ईनरुवा नगरपालिका वडा नं-१ नुतन पेट्रोल पम्प अगाडी गोप्य सुचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले दुईजना लाई पक्राउ गरेकाे हाे ।

BR 38AK0211 नम्बरको भारतीय नम्बरप्लेट भएको RN50 मोटरसाईकलमा सवार भारतको बिहार राज्य जिल्ला अररिया, थाना नरपथगंज सोनापुर-१ बस्ने बर्ष ३३ को कपिल मेहता र साेही स्थानका बर्ष २८ को पंकज कुमार पासवानलाई प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।
१ सय ३ ग्राम ६ सय ९० मिलिग्राम लागू औषध (खैरो हेरोईन) सहित उनिहरुलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
पक्राउ परेका दुवैजना सहित मोटरसाईकल समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ईनरुवा, सुनसरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।



