इनरुवा, जेष्ठ २३ । सुनसरीको काेशी गाउँपालिका वडा नं–७ हरिपुर निवासी तथा हाल मलेसियामा कार्यरत समाजसेवी दिपक कुमार मण्डलले आफ्नो जन्मदिनको खर्च सामाजिक सेवामा खर्च गर्दै इनरुवा नगरपालिका वडा नं–४ बर्खे डाँडा टाेलकी कलावती उराँवको घर निर्माणका लागि नगद रु ११,१५१ सहयोग गरेका छन्।
उक्त सहयोग रकम मण्डलले मलेसियाबाट कलावती उराँवको ईसेवा खातामा पठाएका हुन्।
मण्डलले सामाजिक सञ्जाल फेसबुकमार्फत पत्रकार गनेश कुमार यादवको वालमा कलावती उराँवको संघर्षको कथा पढेर र भिडियो हेरेर प्रभावित भई आफ्नो जन्मदिनको खर्च कटौती गरी सहयोग गरेकाे बताए । मण्डलले यो कार्यले अन्य जनसमुदायलाई पनि सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरेका छन्।उनले भने “धेरैले जन्मदिनमा पार्टी, आतसबाजी, महँगा गिफ्टमा खर्च गर्छन्।,’ तर यसलाई राहत वा सहायतामा लगाउने सोच समाजमा सकारात्मक रूपान्तरण ल्याउन सकिन्छ।”
उराँवकाे श्रिमान् स्वर्गवास भएपछि ८ जना सन्तानकाे पालनपोषण गर्न धाउधाउ भैरहेको बेला उनकाे घर समेत जिर्ण अवस्थामा पुगेको छ। उनकाे घर निर्माणका लागि पत्रकार यादवले अभियान थाली घर निर्माण गर्ने संकलन गरेका छन् ।
दीपक मण्डल विगत १५ वर्षदेखि समाज सेवा मा छन भने ८ बर्ष देखी मलेसिया को बसाई रोज गारी गर्दै सामाजिक सेवामा सक्रिय छन्। उनी “हेल्प मधेशी मलेसिया” संस्थाका संस्थापक अध्यक्ष हुन्। उक्त संस्थामार्फत उनले मलेसियामा कार्यरत नेपालीहरू, विशेष गरी तराई भेगका पीडितहरूलाई उद्धार, आगलगी, बाढी, एकल, जेष्ठ नागरिक, अति विपन्न, अपांग, दलित, गरिब बालबालिका लगायतलाई सहयोग गर्दै आएका छन्।
उनको यो पहलले जन्मदिनजस्ता व्यक्तिगत अवसरलाई समाजसेवामा रूपान्तरण गर्न सकिने प्रेरणा दिएको छ।