ADVERTISEMENT
Friday, April 17, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

उराँव समुदायले परम्परागत विधिसहित सरहुल पर्व मनाए

गणेश कुमार यादव by गणेश कुमार यादव
March 22, 2026
in मुख्य समाचार, स्थानीय समाचार
0
उराँव समुदायले परम्परागत विधिसहित सरहुल पर्व मनाए
35
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं–८ मा शनिबार सरहुल पर्व उराँव (कुडुख) समुदायले परम्परागत विधि र संस्कृतिअनुसार भव्य रूपमा मनाएका छन्। शनिबार राजी पहाडा सरना प्रार्थना सभा नेपालीको आयोजनामा प्रकृतिप्रतिको आस्था, नयाँ वर्षको स्वागत र सामुदायिक एकताको प्रतीकका रूपमा मनाइने यस पर्वमा धार्मिक अनुष्ठानसँगै नगर परिक्रमा समेत गरिएको थियो।

विहानै पाहन (पुजारी) र पुजनहारले नजिकैको जलस्रोतबाट पवित्र पानी ल्याई सरना पूजा स्थल (चाला टोंगा)मा विशेष पूजा सम्पन्न गरेका थिए। पूजा सामग्रीमा फूल, अक्षता, चामल, सिन्दूर, धागो तथा नयाँ बालीका अन्नसमेत प्रयोग गरिएको थियो। सरना झण्डा गाडेर सामूहिक रूपमा प्रार्थना, भजन र पूजा गरिनुका साथै उपस्थित भक्तजनलाई फूल, अक्षता र पवित्र जल वितरण गरिएको थियो।

उराँव परम्पराअनुसार सरहुललाई पूर्ण रूपमा प्राकृतिक पर्वका रूपमा लिइन्छ। यस अवसरमा जल, जंगल र जमिनको पूजा गर्दै प्रकृतिप्रति कृतज्ञता व्यक्त गरिन्छ भने दुध, दही जस्ता पदार्थको प्रयोग नगर्ने तथा जीवजन्तुको बलि नदिने परम्परा पनि रहेको छ।

पर्वको अर्को मुख्य आकर्षण नगर परिक्रमा रह्यो। परम्परागत भेषभूषामा सजिएका महिला–पुरुष, युवा तथा अगुवाहरू बाजागाजा, सरहुल गीत र लोकनृत्यसहित सहभागी भई नगर परिक्रमा गरेका थिए।

सरहुल पर्वले उराँव समुदायमा मात्र होइन, समग्र समाजमा मेलमिलाप, सद्भाव र भाइचाराको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ। विगतका तिक्तता भुल्दै आपसी सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा पनि यस पर्वलाई लिने गरिएको स्थानीयको भनाइ छ।

Tags: उराँव समुदायराजी पहाडा सरना प्रार्थना सभा नेपालीसरहुल पर्व
Previous Post

कोशी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको १३ सदस्यीय तदर्थ समिति गठन

Next Post

कसको प्रहरी?

Next Post
कसको प्रहरी?

कसको प्रहरी?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1454 shares
    Share 582 Tweet 364
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1390 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist