असाेज २६ गते, इनरुवा। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सुनसरीमा मनाेनयन दर्ता गराएका आठ जनाले आफ्नो मनोनयन फिर्ता लिएका छन् ।
असोज २३ गते आइतबार २ सय १३ ले मनाेनयन दर्ता गराएका थिए । ती मध्ये आठ जनाले आफ्नो मनाेनयन फिर्ता लिएका हुन् ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सुनसरीका विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदबारी दर्ता गराएका मध्ये स्वतन्त्र उम्मेदवारबाट आठ जनाले मनोनयन फिर्ता लिएको मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जनाएको छ ।
निर्वाचन क्षेत्र नम्बर ३ बाट कपलेश्वर यादव र आठ वटा प्रदेश सभा सदस्यका लागि १ सय १८ जनाले उम्मेदबारी दर्ता गराएकोमा निर्वाचन क्षेत्र नम्बर १-(क) बाट पासागं डोल्मा गुरुङ्ग, निर्वाचन क्षेत्र नम्बर १-(ख) बाट कमलबहादुर बस्नेत, निर्वाचन क्षेत्र नम्बर २- (क) बाट अनिता बस्नेत र बद्री नारायण चौधरी, निर्वाचन क्षेत्र नम्बर ३-(ख) बाट गोविन्द्र प्रसाद घिमिरे, निर्वाचन क्षेत्र नम्बर ४-(क) बाट सविता यादव र क्षेत्र ४-(ख) बाट दिपक कटुवालले आ–आफ्नो मनोनयन फिर्ता लिएकाे मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जनाएको छ ।
मनोनयन फिर्ता लिन बुधवार बिहान १० बजेदेखी १ बजेसम्म समय दिएकोमा आठ जनाले मनोनयन दर्ता फिर्ता लिएको मूख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो ।