मंसिर१२ गते, इनरुवा । विवाह पञ्चमीकाे अवसरमा प्रत्येक वर्ष झै यश बर्षपनि इनरुवामा रामजानकीकाे रथ यात्रा निकाल्ने भएकाे छ ।
इनरुवा-४ स्थित रहेकाे श्री रामजानकी गुठी संस्थाले उक्त रथ यात्रा निकाल्ने जनाइएकाे छ ।
आज मंसिर शुक्ल पञ्चमी तिथि अर्थात विवाहपञ्चमी । त्रेता युगमा आजकै दिन भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको विश्वासमा इनरुवाकाे रामजानकी मंदीरमा हार्षोल्लासपूर्वक विवाहपञ्चमी महोत्सव मनाइँदै छ ।
रामजानकी मंदिरबाट माता सीता र रामकाे प्रतिमा रथमा राखि नगर परिक्रमा गर्दै इनरुवा-२ लक्ष्मी नारायण मंदिरमा गएर विश्राम गरि पुनह रामजानकी मंदिरमा रथ यात्रा सम्पन्न गर्ने चलन रहेकाे छ ।
प्रत्येक बर्ष इनरुवामा बाजागाज, झाँकी र किर्तनसहित माता सीता र रामकाे प्रतिमा सहितकाे रथ यात्रा निकाल्ने गरेकाे छ ।
रामजानकीको रथ तान्न र राम सिताकाे दर्शन गर्न विभिन्न ठाउँबाट श्रद्धालु भक्तजनहरु आउने गर्दछन् ।
सीता र रमकाे रथलाई नगर परिक्रमा गर्दै जानकी रामजानकी मन्दिरमा पुगेर साँझदेखि भजन कृतन सहित पुजापाठ गरिन्छ ।