पंकज साह निखिल
पौष २ गते, राजविराज । सप्तरीको राजविराजमा राजबरिाजमा पहिलो पटक श्री जगरनाथ रथयात्रा महोत्सव निकालिएकाे छ ।
शनिवार सप्तरीको राजविराज नगरपालिका वडा नं-७ स्थित रहेको लक्ष्मी नारायण राधाकृष्ण मन्दिरबाट धुमधामका साथ श्री जगरनाथ रथयात्रा महोत्सव निकालिएकाे हाे ।
श्री जगरनाथ रथयात्रा समिती सप्तरीको आयोजनामा उक्त रथयात्रा निकालिएको आयाेजक समितिले जनाएकाे छ ।
लक्ष्मी नारायण राधाकृष्ण मन्दिर हटयिाको र्पुव गेट बाट निकालिएको उक्त रथयात्रा महोत्सव मेन रोड बाट सुरु हुँदै सहदि चोक, सिरहा रोड भई राम मन्दिर, अदालत रोड, गजेन्द्र चोक, हनुमान मन्दिर हुँदै कंचनपुर रोड भएर राजदेबी मन्दिर, तेतरी गाछी चोक हुँदै पुनः सहदि चोकमा आई सिरहा रोड हटयिाको गेट दक्षिण हुँदै लक्ष्मी नारायण राधाकृष्ण मन्दिरमा पुगेर विसर्जन भएको थियो । जगरनाथ रथयात्रा महोत्सवमा श्रद्धालु भक्तजनहरु नाँच्दै गाँउदै हर्षाेउल्लासका साथ भजनमा रमाएका थिएँ । भगवान श्री कृष्णको आत्मा, जगरनाथ मन्दिर भारतको पश्चिम बंगाल राज्य अन्तर्गत पुरीमा रहेको विश्वास सहित राजविराजमा आयोजित राधाकृष्णको झाँकी सहित महोत्सव मनाइएको आायाेजकले जनाएकाे छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र राजविराज सहित विभिन्न धार्मिक संघ संस्था लगायत करिब १० हजार श्रद्धालु भक्तजनहरुको सहभागीता रहेको श्री जगरनाथ रथयात्रा समितीको सप्तरी कायर्कता प्रभाकर प्रभात शाहले जानकारी दिए ।