माघ ९ गते,इनरुवा । सुनसरीको सदरमुकाम इनरुवाक्षेत्रभित्र चलाइँदै आएका सिटी सफारी चालकहरुका लागि निःशुल्क आँखा जाँच शिविर प्रारम्भ गरिएको छ ।
दसवटै वडामा सोमबारबाट सुरु गरिएको आँखा शिविर इनरुवा नगरपालिका जनस्वास्थ्य शाखाको आयोजना तथा नवदृष्टि आँखा अस्पताल प्रा.लि.को प्राविधिक सहयोगमा प्रारम्भ गरिएको हो ।जसअन्तर्गत सोमबार १ नं. वडाका सफारी चालकहरुका लागि सत्यनारायण मन्दिरको प्रांगणमा आँखा जाँत शिविर सम्पन्न गरिएको छ ।
उक्त शिविरमा इनरुवा नगरपालिका वडा नं–१का ७६ जना सफारी चालक तथा आम सर्वसाधारणले निःशुल्क आँखा जाँच गराएका छन् । उक्त शिविरमा १२ जनामा मोतिया बिन्दुको समस्या देखिएको र ति समस्या देखिएका सबैले इटहरीको नव दृष्टि आँखा अस्पताल प्रा.लिमा निःशुल्क सल्यकृयाका समेत गर्ने उक्त अस्पतालका डा.जितेन्द्र यादवले जानकारी दिनुभयो । उक्त शिविरमा निःशुल्क औषधी समेत बितरण गरिएको थियो । बढी समय सम्म सफारी चालकहरु घाम, धुलोमा सवारी चलाइरहेकोले आँखामा फोहोरहरु जाने समस्या बढी रहेको र समयमा आँखा जाँच नगराउँनाले कतिप सवारी चालकहरुको आँखा कम देख्ने, टाढाको वस्तुहरु हेर्न समस्या भएको डा.यादवले बताउनुभयो । डा. यादवले सबैले नियमित रुपमा ६ महिना वा १ वर्षमा आँखाको जाँच गराउन आग्रह समेत गर्नुभयो ।
शिविरमा सेवा लिएका सफारी चालकहरुले यस्ताखाले शिविरहरु बेलाबेलामा भइरहनुपर्नेमा जोड दिएका थिउ । आगामी दिनहरुमा आँखा मात्र नभई कान, घाँटी, मुटु तथा अन्य रोगहरुको समेत शिविर गराइदिए झनै सहज हुने बताएका थिए ।
उक्त शिविर इनरुवा नगरपालिकाको दशै वटा वडामा संचालन गर्ने इनरुवा नगरपालिका जनास्वास्थ्य शाखा प्रमुख अधिकृत निखिल पोखरेलले जानकारी दिनुभयो । सोमबारबाट इनरुवा नगरपालिका वडा नं–१ बाट उक्त शिविर संचालन गरेको र मंगलबार इनरुवा नगरपालिका वडा नं–२ गर्दै दश वटै वडामा सिटी सफारी चालकहरुलाई लक्षित गरि शिविर संचालन गरिने पोखरेलले जानकारी दिनुभयो ।उक्त शिरिमा इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले आफ्नो मन्तव्य राख्दै आफु इनरुवाको विकास गर्न हरेक क्षेत्रलाई समेटेर अघि बढिरहेको बताउनुभयो । इनरुवा नगरपालिकामा आफु निर्वाचित भएर आएदेखि हाल सम्म धेरै कामहरु भएको मेयर भण्डारीले बताउनु भयो । वहाँले इनरुवाको विकासमा हरेक नागरवासीको साथ सहयोगको आवश्यकता रहेकोले सम्पूर्ण नगरवासीहरुले आ–आफ्नै स्थानबाट सहयोग पु¥याउन आग्रह समेत गनुभयो ।