इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं–३ मा रहेको श्री राधा कृष्ण मन्दिरले प्रत्येक वर्षझै यसबर्ष पनि इनरुवामा २४ औं रथ यात्रा निकालिएको छ ।
श्री राधा कृष्ण मन्दिर परिवारले प्रत्येक वर्ष झै यस बर्ष पनि इनरुवामा २४ औं रथ यात्रा निकालेको हो ।उक्त मन्दिरमा २०५५ साल देखी श्री कृष्ण जन्माष्टमीको भोली पल्ट बाजागाजा सहित धुमधामका साथ रथ यात्रा निकाल्दै आएको श्री राधा कृष्ण मन्दिर सेवा सभितीका अध्यक्ष केसरी राज अधिकारीले जानकारी दिए । नेपाली काँग्रसका केन्द्रिय सदस्य राजिव कोईराला तथा इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले रथको पुजा गरि रथ यात्रा सुरुगरेका थिए ।
उक्त रथा श्री राधा कृष्ण मन्दिरको प्राङ्गणबाट इनरुवा–३ महेन्द्र चाक हुँदै मालपोत एरिया, सखुवा गाछी, अदालत रोड, कृषि बिकाश बैंक रोड, लोकतान्त्रिक चौक, बस चौक हुँदै पूनह श्री राधा कृष्ण मन्दिरको प्राङ्गणमा आएर सम्पन्न भएको थियो । उक्त रथ यात्रामा दुई हजार भन्दा भढी श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको थियो ।हिन्दु जागरण अभियान, सनातन संस्कृति नेपाल, सन्तावन युवा क्लब लगायत सर्बसाधारणहरुले श्रद्धालु भक्तजनहरुको लागि इनरुवाका बिभिन्न ठाउँमा पानी, फु्रटी, सर्बत लगायत पलफुल समेत बितरण गरेका थिए ।