इटहरी । प्रविधिको प्रयोग विना दक्ष पत्रकारिता गर्न नसकिने तर्फ मध्यनजर पत्रकारहरुलाई मल्टिमिडियाको सिप सिकाउने उद्धेश्यले सुनसरी इटहरीमा सञ्चालित एक हप्ते फोटोसप र भिडियो मिक्सिगं सम्वन्धी आधारभुत तालिम सम्पन्न भएको छ ।
प्रेस चौतारी नेपाल इटहरी नगर कमिटीले सुचना प्रविधिका क्षेत्रमा पत्रकारहरुलाई दक्षता प्रदान गर्ने उद्धेश्यले २० जना पत्रकारहरुका लागि आयोजित तालिम सम्पन्न भएको हो ।
पत्रकारहरुको दक्षता र अहिलेको आवश्यकता अनुसार तालिमको आयोजना गरिएको आयोजक प्रेस चौतारी नेपाल इटहरीका अध्यक्ष रेवति निरौलाले जानकारी दिए ।
नेकपा एमाले सुनसरीका उपसचिव यज्ञराज खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पत्रकारहरु विसप ताम्राकार , हिमाल दाहाल तथा व्रिटिश एजुकेशनका आइ टि इञ्चार्ज हेमनारायण राजवंशीले फोटोसप सम्वन्धी र दिपेश खतिवडा र कृष्णचन्द्र सुवेदीले भिडियो मिक्सिगं सम्वन्धी सहजिकरण गरेका थिए ।
तालिमको समापन कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय उपमहासचिव राजन केडी, प्रेस चौतारीका केन्द्रीय सदस्य त्रिलोचन पौडेल सुनसरी अध्यक्ष सुभद्रा प्याकुरेल , नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी व्रिटिश एजुकेशनका अध्यक्ष नरेन्द्र दंगाल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।