जेष्ठ २३ गते,इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ३ को कार्यालय सभाहलमा, वडा कार्यालयको सहयोगमा ग्रामीण पत्रकार समूहद्वारा आयोजित महिला, बाल हिंसा तथा महिला अधिकार सम्बन्धी सचेतना कार्यक्रम आज सम्पन्न भएको छ।
कार्यक्रमको सभाध्यक्षता ग्रामीण पत्रकार समूहका अध्यक्ष हिरण्य कार्कीले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा वडा नं. ३ का अध्यक्ष राजदिप लामा रहनुभएको थियो। विशिष्ट अतिथिमा वडा सदस्यहरू बिष्णु कुमारी बिष्ट, थिर बहादुर कार्की, मालती बिक, सचिव पर्वत बनेम, महिला सरोकार समाजकी नगर अध्यक्ष कमला थापा, नयाँ पिढिका अध्यक्ष शिशिर तामाङ लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न विद्यालयका शिक्षिका, विद्यार्थीहरू, स्थानीय महिला तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा पूर्व सभासद अनिता परियारले सहजीकरण गर्नुभएको थियो।
उक्त सचेतना कार्यक्रमले महिला र बालबालिकामाथि हुने हिंसा, अधिकार हनन तथा सामाजिक कुरीतिहरू विरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।