भदौ २० गते,बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकामा रहेको सप्तकोसी बहुमुखी क्याम्पसमा नेपाल बिद्यार्थी संघ इकाई समितिले १६ जना बिद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराएको छ ।
इकाईका कार्यवाहक सभापति बिज्ञान लिम्बूका अनुसार नेपाल सरकारका सञ्चार तथा सुचना प्रबिधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीको सहयोगमा १६ जना गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई १ बर्ष क्याम्पस निशुल्क अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको हो ।
इकाई समितिले अंकित बिक , विनिता गौतम , निमिता आलेमगर , अस्मिता उराँव , अविसा रिजाल , सदिक्षा राई , जानुका श्रेष्ठ , मञ्जु श्रेष्ठ , प्रतीक्षा घिमिरे , समीक्षा धामि , मोहमद मुवारख , निकिता बस्नेत , रोस्ना कार्की , एलिस भण्डारी , दिपेश माझी र भावस कार्कीलाई छात्रवृत्ति प्रदान गरिने निर्णय भएको कार्यवाहक सभापति लिम्बूले बताए ।
लिम्बू भन्छन्, ‘नेबिसंघ सप्तकोसी बहुमुखी क्याम्पस समिति सदैब विद्यार्थीको हकहितका लागि जस्तोसुकै कार्यमा पनि निरन्तर लागिरहने छ ।’ नेबिसंघले आगामी दिनमा पनि यस्ताखाले कार्यक्रम अघि सार्ने योजना रहेको कार्यवाहक सभापति लिम्बूको भनाइ छ ।