ADVERTISEMENT
Saturday, March 14, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

स्कटल्याण्डमाथि अमेरिकाको रोमाञ्चक जीत

गणेश कुमार यादव by गणेश कुमार यादव
August 18, 2022
in खेलकुद
0
स्कटल्याण्डमाथि अमेरिकाको रोमाञ्चक जीत
38
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड, अमेरिका र युएईबीच भएको सिरिजमा अमेरिकाले पहिले जित निकालेको छ।

गएराति भएको सिरिज अन्तर्गतको अन्तिम खेलमा घरेलु टोली स्कटल्याण्डमाथि नाटकीय रूपमा २ विकेटको जित निकालेको हो।

स्कटल्याण्डले दिएको २५० रनको लक्ष्य अमेरिकाले अन्तिम ओभरको अन्तिम बल बाँकी हुँदा ८ विकेट गुमाएर पूरा गरेको थियो।

ष्लखयतभअज
अमेरिकाका लागि एरोन जोन्सले सर्वाधिक ६२ रन बनाउँदा मोनाक पटेलले ५० रनको अर्धसतकीय पारी खेले।

यस्तै जसकरण मलहोत्रा ३६ रनमा नटआउट रहँदा गजानन्द सिंहले ३३ रन बनाएका थिए।

अन्तिम ओभरमा अमेरिकालाई जितका लागि १५ रन आवश्यक रहेको बेला क्रिजमा रहेका मलहोत्राले पहिलो बलमा छक्का प्रहार गरेका थिए। दोस्रो बल डट खेलेका उनले तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गर्दै खेलमा फर्किएका थिए। पाँचौ बलमा १ रन लिँदै उनले अमेरिकालाई महत्वपूर्ण जित दिलाए।

लष्अ
स्कटल्याण्डका लागि हम्जा ताहिर, मिचेल लेस्क र गाभिन मेनले समान दुई(दुई विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४९ रन बनाएको थियो। उसका लागि कलुम म्याकलोडले नटआउट १३३ रनको शतकीय पारी खेल्दा मिचेल लेस्कले ४१ रन बनाए। साफयान सरिफले २५ रन जोडे।

अमेरिकाका लागि इयान होलान्डले सर्वाधिक ३ विकेट लिँदा सौरभ नेत्रवाल्कर र स्टेभन टेलरले समान २(२ विकेट लिए।

यो जितसँगै विश्वकप लिगको अंक तालिकामा अमेरिका २८ खेलबाट २८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट ४० अंक जोडेको स्कटल्याण्ड दोस्रो स्थानमा कायमै छ।

सबै ३६ खेल खेलेको ओमान ४४ अंकसहित शीर्ष स्थानमा कायमै छ। यस्तै २६ खेलबाट २७ अंक जोडेको युएई चौथो स्थानमा झरेको छ। १८ खेल खेलेको नामिबिया १८ अंकसहित पाँचौ रहँदा २० खेलबाट १७ अंक जोडेको नेपाल छैठौं स्थानमा छ। समान २० खेलबाट २ अंक जोडेको पपुवा न्यूगिनी २ अंकसहित पुछारमा छ।

अब नेपाल र पपुवा न्यूगिनीले लिगमा समान १६ खेल खेल्न बाँकी रहँदा स्कटल्याण्ड र अमेरिकाले समान ८(८ खेल खेल्न बाँकी छ। यस्तै युएईले १० खेल खेल्न बाँकी रहँदा नाबिबियाले सर्वाधिक १८ खेल खेल्न बाँकी छ।

सात टोली सम्मिलित लिग(२ विश्वकप छनोट मात्र नभएर एकदिवसीय टिमको अस्थायी मान्यता निर्धारण गर्ने प्रतियोगिता पनि हो।

जारी लिग(२ सकिदा शीर्ष पाँच टिम भित्र पर्न सक्ने टिमले अर्को विश्वकप छनोटसम्मका लागि एकदिवसीय मान्यता पाउनेछन्।

लिग(२ को सातमध्ये पुछारका दुई टिमको भने एकदिवसीय मान्यता धरापमा पर्नसक्छ।

यद्यपि लिग(२ को पुछारका दुई टिमलाई आफ्नो एकदिवसीय मान्यता जोगाइराख्न एक अवसर बाँकी नै रहन्छ।

लिग–२ मा ‍पुछारका दुई टिम र आइसिसीको तेस्रो श्रेणीको लिग (आइसिसी विश्वकप च्यालेन्ज लिग) बाट आउने शीर्ष दुई टिमबीच एकदिवसीय मान्यताका लागि प्लेअफ हुनेछ।

आइसिसीका अनुसार लिग–२ र च्यालेन्ज लिग गरी कुल चार टिमले एकदिवसीय मान्यताका लागि प्रतिस्पर्धा गर्नेछन्। जसमा शीर्ष दुई टिमले एकदिवसीय मान्यता पाउनेछन् भने पुछारका दुई टिमले च्यालेन्ज लिग खेल्नुपर्नेछ।एजेन्सी

Previous Post

नवौं राष्ट्रिय खेलकुद स् ३८ मध्ये २२ खेल पोखरामा, बाँकी खेल १० जिल्लामा गर्ने प्रस्ताव

Next Post

भरतमोहन अधिकारी फाउण्डेसनले बाँड्यो ज्येष्ठ नागरिकलाई मोबाइल

Next Post
भरतमोहन अधिकारी फाउण्डेसनले बाँड्यो ज्येष्ठ नागरिकलाई मोबाइल

भरतमोहन अधिकारी फाउण्डेसनले बाँड्यो ज्येष्ठ नागरिकलाई मोबाइल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist