काठमाडौ फाल्गुण ३
नेपालमा पछिल्लो समय Ev SUV लामो रेन्ज दिने Skywell सवारीसाधनलाई देशभर बिस्तार गर्दै गरेको जि-मटर्स कम्पनीले बुढानिलकण्ठ स्थित लेमन ट्री प्रीमियर होटेलमा म्यानेजमेन्ट मिटिङ तथा सेल्स ट्रेनिङ कार्यक्रम सम्पन्न गरेको छ ।
३ दिन लामो चलेको कार्यक्रमा Ev क्षेत्रलाई कसरी नेपालमा दीर्घकालीनरुपमा अगाडि बढाउन सकिन्छ भन्ने बिषयबस्तुमा केन्द्रित भएको प्रबन्धक निर्देशक पारसमणी गेलालले बताए ।
नेपालको EV क्षेत्रमा सरकारले विशेष राहत दिएर अटो क्षेत्रमा सरकारको विशेष चासो रहनु पर्ने बताए । गेलालले विशेषगरि भन्सार करमा सरकारले Ev Car मा सहुलियत दिन सके नेपालको पेट्रोलियम समस्यालाई बिस्तारै समाधान गर्न सकिने बताएका छन् ।
जि-मटर्सले आगामि दिनमा देशभरी ग्राहक तथा उपभोक्ताहरुको पहुँचमा हुने गरि Skywell नेपालमा भित्र्याउने कम्पनीका कार्यकारी प्रमुख कैलाशबाबु गेलाल बताउँछन् । कम्पनीले अहिलेसम्म Skywell को ३ वटा भेरियन्ट बजारमा उपलब्ध गराईरहेको छ ।
अन्य Ev सवारीसाधनको तुलनामा Skywell नेपालको लागि उपभोक्ता अनुकूल रहेको प्रमुख गेलालले बताए। बुधबारदेखि ३ दिनसम्म चलेको म्यानेजमेन्ट मिटिङ तथा सेल्स ट्रेनिङले कम्पनीको भावी रणनीती तथा विभिन्न कार्यनीतिबारे छलफल निर्णयहरु गर्दै कार्यक्रम सम्पन्न गरेको छ ।