Friday, May 16, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

आधुनिक्ता सगैं तिज पर्वमा बढ्दैछ बिक्रति !!

गणेश कुमार यादव by गणेश कुमार यादव
August 25, 2022
in लेख/बिचार
0
आधुनिक्ता सगैं तिज पर्वमा बढ्दैछ बिक्रति !!
46
SHARES
Share on FacebookShare on Twitter

हरितालिका तीज हिन्दु नारीहरुले मनाउने एउटा महत्वपूर्ण चड हो।यो चाड भाद्र शुक्ल दूीतियादेखि पञ्चमी सम्म चार दिन मनाईन्छ।तीजमा भगवान शिवको आराधना गरिनुका साथै दिदीबहिनीहरु आफ्नो माइतीघरमा जम्मा भएर नाचगान गर्दै मनोरन्जन गर्ने गरिन्छ।

नेपाली हिन्दु महिलाहरु दूरा स्वतन्त्र र आनन्दमय रुपमा मनाइने तिज अन्य धर्म र जातजातिका नेपाली महिलाहरुले पनि हर्षोलासका साथ मनाउन थालेका छन्।यो पर्व मुख्य रुपले नेपाल अधिराज्य भर मनाईन्छ भने भारतका कुनै कुनै प्रान्तमा समेत मनाइन्छ।यो चाडमा माईति (बुबा-आमा,दाजु-भाइ)छोरि चेलि लाई घरमा गई लिएर आउने वा बोलाएर मिठा-मिठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरि एउटै ठाँउमा खाने बस्ने चलन छ।यश दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ।

यहि दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ। दरमा ठाउँ अनुसार विभिन्न मिठा-मिठा परिकार साथै खीर,ढकने,मासु,सेलरोटि,फलफूल लगायतका खाना खाने गरिन्छ।आधुनकता सँगसँगै यसमा खाइने परिकारमा समेत परिवर्तन आउँदै गरेको छ। हिन्दू धर्मको ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरि पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतिलाई मन नपरेपछि आफूले मन पराको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन।पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा सम्म पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरि पानी समेत नपिइकन निराहार व्रत बसिन्।

यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भइ चिताएको कुरा पुगोस भनी आशिर्वाद दिए पछि शिव पार्वतिको विवाह हुन पुग्यो।त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो।सोहि तिथिदेखि हिन्दू नारिहरुले यश दिनलाई उत्सवका रुपमा मनाउन थाले र यो तीजको रुपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ। हाम्रो समाजमा तीज महिलाहरुदूरा मनाइने एउटा पर्व हो। आधुनिक समाजमा तीजको महत्वलाई जुन रुपले व्याख्या गरिए पनि यो पौराणिक कालदेखि चलीआएको परम्परा हो।वर्षायामको लहरसँगै नागपञ्चमिदेखि हिन्दू नेपालिका मुख्य चाडपर्वको सुरुवाती पर्व हरितालिका तिजले ठुलो महत्व बोकेको छ।यसका विभिन्न धार्मिक,सांस्कृतिक र पारिवारिक महत्वका पाटाहरु लेकेका छनन्।तर आधुनिकताको नाममा तीजमा देखिएको तडकभडक र तीजका गितमा दिखिएको बिकृतीले यो पवित्र पर्वको गरिमामा धब्बा लगाइ दिएको छ।

तीज आउनुभन्दा दुई तीन महिनाअघि देखि बजारमा आउने उत्ताउला खाले तिज गीतलाई कुनै अर्थमा पनि तीजका गित मान्न सकिँदैन।आजभोलि तिजको अवसरमा गाइएका गितहरु रत्यौली हुन कि झ्याउरे हुन छुट्याउन कठिन भै सकेको छ।प्रशासन भन्छ भड्किलो भयो तीज,महिला अधिकारकर्मि भन्छन् स्वतन्त्रता हनन गर्न पाईदैन।स्वतन्त्रता छ भन्दैमा आफ्नो मौलिक कला,भाका र संस्कृतीमा विकृती ल्याउने अघिकार पनि कसैलाई छैन। यस्ता ढोगि अधिकारकर्मि र समाजसेवा को नाममा विकृति भित्त्राउने हरुले गर्दा आज नारिहरुको पवित्र पर्व तीज र अहिले आएका आधुनिक तीजको गितका शब्दा सुन्दा र नाच्ने शैली देख्दा रत्यौली र तीज छुट्ट्याउन गार्हो भैसक्यो।स्वतन्त्रताको नाममा आफ्नो पवित्र पर्व तीज महिला हरु आफैले नङ्याउदै छनन्।

भगवानलाई चढाउन के के पाहुर चाहिन्छरुरु बरिलै फुलपाति अक्षता‘। गाईका हरिदेवी कोइरालाले गाएको यो गीत आमा हजुरआमाको मानस्पटलमा भरिपूर्ण भएको र जिब्रोमै झुन्डिएको गीत हो।यस्ता मिठा शब्दले सजिएका पहिलेका हाम्रौ मौलिकता झल्किने गित अहिलेका युवा पुस्ताले सुन्दैनन्।हामी आफैले हाम्रो आफ्नो मौलिक कला,भाका,लय र संस्कृतीको जगेर्ना गर्नु पर्छ र अब आउदै गरेको युवा पुस्ता लाई संम्रक्क्षण को लागि हस्तान्तरण गर्नु पर्छ।अधिकारकर्मि को नाममा हाम्रो मौलिकता लोप गराउन खोज्ने मान्छेको पछि लाग्नु हुदैन।अधिकारकर्मि को नाममा हाम्रो समाजमा बिकृति र बिसङ्गति फैलाउछ त्यस्ता समुहले। आज भन्दा १५र१६ बर्ष पहिला चेलिहरु आफ्नो समाजमा भएका घटना,अत्याचार,अन्याय र आफ्ना कष्टहरुलाई गीतमा फुकाउँथे,अहिले निकै उताउलो र भड्किलो बन्दै गइरहेको छ तीज।नारीको चाड पर्व भनिए पनि गीतमा र नाच्ने शैलिमा रत्यौलीको झल्को देखिन्छ।

गितका शब्दा भाका र लय पनि उस्तै उताउला,अपाच्य लाग्ने खाल्का दोहोरो अर्थ लाग्ने खालका,भिडियो झन उस्तै परिवारका सबै सदस्य बसेर हेर्न नमिल्ने खाल्को हुन्छ।यस्तै अवस्था रहिरहने हो भने भोलिका पुस्ताले कसरी तीजको गरिमा र महत्व लाई सम्झलारुरुहामिले आउदै गरेको हाम्रा सन्ततीलाई के सिकाउनेरुपहिला तीजको ब्रत बसेको दिन महिला हरु दिनभर पानिसम्म पनि नखाई भोकै ब्रत बस्थे, अधिकाम्स महिलाहरु नजिक रहेको शिवमन्दिर,देवालयमा गई भगवान शिवको आराधना गर्थे,स्थुती गाउथे साथै नाचगान तथा रमाइलो गर्ने गर्थे।तर आजभोलिका नयाँ पुस्ता हरु महिनौ अघाडि देखि होटल,रेस्टुडेन्ट,बार,पार्टि प्यालेस ओगटेर महिनौ अघाडि देखि विदेशि ब्रान्डका मदिरा सेवन गर्दै र उताउला खाल्को गीतमा नाचेर तीज मनाउदै आएका छनन्।

पुरुषहरुले तीजका गित गाँउनु हुँदैन भनिएको होइन,पहिलेपहिले पनि गाँउथे तर भाइ,दाइ,बुबा,काका माइतिको भुमिकामा रहेर सभ्य तरिकाले गाँउथे।अहिले मायाँ प्रितिका,डेटिगंमा भेट्ने,सहबाँसमा जाने खालका गितमा पुरुष हरु मस्किदै नाचेको देखिन्छ।नेपाली लोक गित संगितमा आएको बिकृति हटाउने भनेर खेलिएका संस्थाका जिम्मेवार व्यक्तिले बजारमा ल्याएको तीज गितको बारेमा छिरिक्क बोलेको पाइदैन,बोरु उल्टै उनीहरु पनि तेहि गितमा नाचिरहेका हुन्छन् । यो बिषय केही बर्ष पहिला निकै बिवादित बन्यो।बिगतको तीज गीत ढाडे बिरालो जस्तै यो गीत पुरै दुई अर्थ लाग्ने खाल्को छ।

आधुनिकता र पूँजिवादको नाममा विकृतिले ठाँऊ पाउँदै गएको छ।आधुनिक समाजमा तीजको महत्वलाई जुन रुपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो।महिलाहरुलाई पराइघरको विभिन्न जिम्मेवारि,तनाव साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठुलो भूमिका रहेको छ।तीजमा विवाहिता महिलाहरु आफ्नो श्रीमानको दिर्घायुको कामना गर्दै ब्रत बसि नाचगान र मनोरन्जन गर्छन भने अविवाहिताहरु सुयोग्य वरको आशा राखि ब्रत बस्छन्।तीजको गितमा देखिएको विकृति मेटाउन सबैभन्दा पहिला जसले गित गाउने हो उसले नै आफू कस्तो गाईरहेको छु भन्ने कुरा बुझ्न जरुरि छ। दसैंको गीत दसैंको जस्तो हुनुपर्छ,तिहारको गीत तिहारको जस्तो हुनुपर्छ भने तीजको गीत जस्तो गाए पनि हुन्छरुरुदुर्गेस थापा को गितमा मस्कि मस्कि नाच्ने महिला आमा दिदी बैनि कतिको चेतनशिल छौ र आफ्नो संस्कृति पहिचान लाई कतिको माया गर्छौ भनेर आफै मनन् गर्नुहोस। चलचित्रमा सेन्सर बोर्ड छ तर लोकसंगितमा सेन्सर बोर्ड छैन त्याही भएर पनि छाडापनले ठाऊँ पाएको हुन सक्छ।यदि त्यस्तो हो भने लोकसंगितमा पनि सेन्सर बोर्ड राख्नु पर्छ।त्यहि भएर पनि छाडापनले ठाऊँ पाएको हुन सक्छ।हाम्रो सम्पति भनेको हाम्रो संस्कार हो।

तीजको मौलिकता लोप भयो भने हाम्रो संस्कृतिको एउटा पाटो नै उजाडिन्छ।यदि धर्मबाट विज्ञानलाई झिक्ने हो भने धर्म लंगडो हुन्छ,विज्ञानमा यदि धर्मलाई नजोड्ने हो भने विज्ञान अन्धो हुन्छ। पहिले कुरा त धर्मकर्म स्वइच्छाले आफ्नै लागि गर्ने हो।दोस्रो कुरा आफुले आफ्नो रितिरिवाज अनुसार गर्दा भावी पुस्ताले पनि अंगाल्छन्। त्यसैले आधुनिकताका नाममा संस्कृति छाड्ने काम भने कदापि सहन्य हुदैन।हो,अहिले कोरोनाको सङ्क्रमण बढि रहेको छ।त्यसैले भनेजसरि,सोचेजसरि गर्न नसकिएला तर पुर्खौँदेखि गर्दै आएको काम छाड्नु मनासिव हुन्न।यसो भयो भने त केही बर्षभित्र हाम्रा सबै पर्व,चाड समाप्त भएर जानेछन्।यसतर्फ निकै विचार पुर्याउन आवस्यक छ। हरेक जातजाति,धर्म हरुले आफ्नो आफ्नो पर्व आफ्नो रितिरिवाज अनुसार मनाउनु पर्छ।तीज नमनाउने त कुरै भएन तर अघिल्लो बर्ष र यसपटकको तिज भने अलि फरक तरिकाले मनाँउ।पहिले जुटथ्यौँ भने अब केही समयका लागि फुटौँ अलि टाढै बसैँ ।

ज्यान रहे तीज त अर्को पटक फेरि आइहाल्छ नि।मुख्यकुरा आफ्नो ज्यानको ख्याल राखौँ।जुटेर भन्दा पनि फुटेर तिज मनाउँ ।कोरोना भाइरसलाई परास्त गरौँ।तीज महान पर्व हो भन्नेमा कुनै शंखा दुभिदा छैन।त्यसैले गर्दा यस्ता परम्पराले हाम्रो जिवनमा निकै उर्जा थपेको छ । सोझै भन्ने हो भने हाम्रा पर्वहरुले हामिसँग मितेरी नै लगाएका छन्।जसबाट हामी अलग हुनै सक्दैनौँ । अझ तीज त झन त्यस्तो पर्व हो जो विशेष महिलाकै लागि आउने गर्छ। मिठो खाने,राम्रो लगाउने,भेटघाट गराने माहोलसमेत सिर्जना गर्ने भएकाले पनि तीजको महत्व निकै छ। तीजको गीत अर्को आकर्षण हो।यतिबेला एल्बमहरु निकाल्नेको भिड नै लाग्छ बजारमा भने स्टेज सोहरु पनि उतिकै आयोजना हुन्छन्न।विक्रीती र बिसंगतिलाई घोचपेच गरिएका गीतले निकै स्थान पाउने गरेको छ।तर अब यो पनि अब यो पनि थियो भन्नुपर्ने अवस्था सिर्जना भएको छ किनकि यसपटक हामी यसरी तीज मनाउने अवस्थामा छैनौँ।

गायिका हरिदेवि कोइरालाको भनाइमा तीजका गीत भनेको पर्व,भाका,शैली र संस्कृति सगँ जोडिएको हुनु पर्छ र सर्जकहरुले पनि यस्लाई निकै ख्याल गर्न आवस्यक छ।तीजलाई तीज जस्तो सभ्य बनाउनु पर्यो।तीजमा चेलिले माईतीको बाटो हेरिरहेकि हुन्छिन्न।आफ्नो जन्मदिने बुबा-आमा,दाजु-भाइको बाटो हेरिरहेकि हुन्छे। बाबाु-आमा,दाजु-भाई छैनन् भने काका काकि या अन्य कुनै दाजु-भाइ लिन आउँछ कि भनेर बाटो हेरिरहेकि हुन्छे।यसको मतलब उनीहरु भेटभएपछि चेलि र माइतीबीचको सम्बन्ध र सुखदुस्ख साटासाट नि हुन्छ नि।अरुकुरा त हुँदैनन्।यति ठूलो पारिवारिक आयाम जोडिएको छ।माया प्रोम नै सब थोक हो भन्ने सोचबाट हामी सबै अलग हुनुपर्छ।पहिला म के गर्दैछु र यसको विशेषता के हो भन्ने बुझ्नुपर्छ।पछिल्लो पुस्तालाई निराशा मुलक गित भन्दा पनि कही आशा जगाउने खालका गीतहरु दिनुपर्छ।

अहिले नेपालमा बस्नेहरुले भन्दा पनि विदेशमा बस्ने नेपालिहरुमा तीजको मोह निकै बढि देखिन थालेको छ।महिनौं अगाडिदेखि कलाकार बोलाएर तीज मनाउन थालेका छन्।कलाकार हरुलाई पनि राम्रै फाइदा पुगे पनि संस्कृति र मौलिकता जोगियो कि जोगिएन भन्ने कुरा मुख्य हो।स्वदेशभित्रै पनि विभिन्न संघसस्था र कार्यलयहरुले समेत आफ्ना कार्मचारिलाइ दर खुवाउने गर्छन्,गाँउदेखि शहर सम्मका चेलिहरु जम्मा भएर रमाईलो गर्नु निकै सकरात्मक पक्ष हो तर यसले चाडपर्वको गरिमा लाई लत्याउनु भएन।

सत्य सनातन हिन्दू धर्मावलम्बि महिलाहरुको पवित्र तथा महान पर्व तीज बिकृतीमा परिणत भयो।घरमा परिवार आमा दिदी बहिनीहरुको सामु बसिरहेका बेला टिभिमा कुनै तीज गित बज्यो भने आफू बसिरहेको ठाँउ छोडेर हिड्नुपर्ने अवस्था समेत कतिपटक भोग्नु परेको छ।यस्तो अवस्था आउनुमा नारी हरुकै ठुलो हात छ र यस्ता बिकृति बिसङ्गति हामी सबै मिलेर अन्त्य गर्नु पर्छ।भोलिका दिनमा यस्तो अवस्था नदोहोरियोस।  आउँदै गरेको नारीहरुको महान पवित्र पर्व हरीतालिका तीज को सम्पूर्ण महिलाहरु लाई हार्दिक शुभकामना।।

लेखक :  रिकेश निरौला , इटहरि नमुना कलेज,इटहरिमा आम सञ्चार तथा पत्रकारिता तेस्रो बर्ष मा अध्यनरत छन् 

Tags: आधुनिक्तातिजतिज पर्वबढ्दैछ बिक्रतिहिन्दु
Previous Post

श्रीमतीको हत्या गरी फरार श्रीमान पक्राउ

Next Post

युक्रेनको रेल स्टेशनमा रुसले मिसाइल आक्रमण गर्दा २२ जनाको मृत्यु

Next Post
युक्रेनको रेल स्टेशनमा रुसले मिसाइल आक्रमण गर्दा २२ जनाको मृत्यु

युक्रेनको रेल स्टेशनमा रुसले मिसाइल आक्रमण गर्दा २२ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2783 shares
    Share 1113 Tweet 696
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1517 shares
    Share 607 Tweet 379
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1376 shares
    Share 550 Tweet 344
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1366 shares
    Share 546 Tweet 342
  • जब प्रजिअ पाण्डे दलबल बिना छठ घाटमा पुगिन्

    821 shares
    Share 328 Tweet 205
ADVERTISEMENT

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता :सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist