ADVERTISEMENT
Friday, February 13, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

बा आमापछि जीवनमा प्रभाव पार्ने अभिभावकरुपी शिक्षकहरू

गणेश कुमार यादव by गणेश कुमार यादव
August 27, 2022
in लेख/बिचार
0
बा आमापछि जीवनमा प्रभाव पार्ने अभिभावकरुपी शिक्षकहरू

प्रधानाध्यापक राजेन्द्रप्रसाद चौधरी

40
SHARES
Share on FacebookShare on Twitter

२०४५ सालमा मैले श्री बालजनता उच्च मावि दाङदेउखुरीबाट एसएलसी पास गरेको हुँ । प्राविको सुरुवातको तहमा म साह्रै कमजोर विद्यार्थी थिएँ । कारण हामीलाई ‘गाइड’ गर्ने मान्छे घरमा कोही थिएन । परिवार नै पहिलो पाठशाला हो । तर परिवारको पाठशालामा सिकाउने कोही थिएनन् । मेरा पिता टीकाराम चौधरी पहाडमा फरेष्टरको जागिर खानुहुन्थ्यो । आमा पढेकी थिइनन् ९हाल साक्षर भएकी छिन्० । काका हामीभन्दा माथिल्लो तहको कक्षामा भएपनि हामीलाई पढाइमा डोर्‍याउने काम कहिल्यै गर्नुभएन ।

कक्षा २ मा म फेल भएँ । कारण मलाई ‘क’ लेख्न समेत आउँदैनथ्यो । १ कक्षा कसरी उकालिएको थिएँ, मलाई सम्झना छैन । ३ कक्षा म बडो मुस्किलले तेश्रो श्रेणीमा पास भएको थिएँ । त्यसवेला ३ कक्षा जिल्लास्तरीय हुन्थ्यो । जब कक्षा ४ मा पुगेँ, पढाई आफ्नै लागि हो भन्ने भावना केही ठूला लेखकहरुको जीवनी पढेर थाहा पाइसकेको थिएँ । त्यसैले पढाइमा जति सक्दो ध्यान दिने प्रयास गर्थेँ । तर मेरो टेक्ने आधार नै कमजोर थियो ।

कक्षा ४ मा म अङ्ग्रेजी र गणितमा फेल भएँ । विद्यालयले २ विषयमा फेल हुनेलाई १ महिनाको कोचिङ कक्षाको व्यवस्था गर्‍यो र पुनः मौका परीक्षा दिने अवसर दियो । यो व्यवस्था ४ कक्षाबाटै सुरु गरिएको थियो । यो कोचिङ कक्षाले मलाई निकै ऊर्जाको काम गर्‍यो । जम्मा २ विषयमा मात्रै महिना दिन घोरिएर पढ्दा अङ्ग्रेजी, गणित धेरै सुधार गर्ने मौका पाइयो । फलस्वरूप कक्षा ४ मा ब्याक लागेर बल्लतल्ल पास भएको विद्यार्थी कक्षा ५ मा एकैपल्ट दोस्रा भएँ । उता दुई तह माथि हुनु भएको मेरो दाइ ऋषिराज चौधरीलाई कक्षा ६ मा ब्याक लागेकोमा कक्षा ७ मा एकैपल्ट पहिला हुनुभयो ।

विद्यालयका शिक्षकहरू हाम्रो पढाइमा सुधार भएको देखेर आश्चर्यचकित थिए । सबै शिक्षकको मुखमा एउटै कुरा झुन्डिएको थियो । यिनी दुई भाइ अचानक यति तगडा कसरी भए रु जबकि घरमा छुट्टै शिक्षक पनि राखिएको थिएन ।

तर हाम्रो सफलता अचानक भएको थिएन । ब्याक लागेपछि हामी दुई भाइ साह्रै रन्थनिएका थियौँ । परीक्षाको समयमा मात्रै पढ्नुपर्छ भन्ने सोच त्यागेका थियौँ । वर्षे बिदा र दसैँ तिहार जस्ता लामो बिदामा पढाई भएका सबै पाठ लेखेरै तयारी गर्ने बानीको विकास गरेका थियौँ, जो पछिसम्मै रह्यौ ।

कुशे औँसीका अवसरमा लेखिँदै गरेको यस आलेखमा म मेरा पिताजी पछि मलाई प्रभाव पार्ने स्कुलका गुरुहरूप्रति केही सम्झनाको पोको खोल्ने प्रयास गरेको छु ।

ब्याक परीक्षाको योजना ल्याउने तत्कालीन प्रधानाध्यापक राजेन्द्रप्रसाद चौधरीलाई आफूमा आएको परिवर्तनको श्रेय दिन चाहन्छु । वास्तवमा ब्याक परीक्षाको योजना नल्याएको भए म औसत विद्यार्थीको रूपमा मात्रै हुन्थेँ कि रु

प्रधानाध्यापक चौधरीका अरू पनि विशेषता थिए । उहाँ कक्षा कहिल्यै खाली हुन दिनु हुन्थ्यौ । अङ्ग्रेजीको शिक्षक भए पनि कक्षा खाली भएको बेला जुनकुनै कक्षामा के विषयको घण्टी खाली भएको हो पढाउन थाल्नु हुन्थ्यो । त्यो विषय कहिल्यै नपढाउनेले पढाउँदा विद्यार्थीमा अझ उत्सुकता, रुचि जाग्दोरहेछ ।

पछि हेडसरले कक्षा खाली भएको परिपूर्ति गर्न गज्जबको ‘आइडिया’ ल्याउनुभयो । कक्षाका उत्कृष्ट विद्यार्थीले नै घण्टी खाली भएकोमा पढाउन थाल्ने । ५ र ६ कक्षामा दोस्रा भएकोमा म ७ कक्षामा पहिला भएको थिएँ । ७ कक्षामा पढ्दा त्यो योजना ल्याइएको थियो । निश्चय नै जुन विषयको घण्टी खाली भएको हो, कक्षा प्रथम विद्यार्थीको नाताले त्यो विषय पढाउनुपर्ने मेरो पहिलो दायित्व पर्थ्यौ । यसरी विद्यार्थी छँदै म शिक्षक भएको थिएँ । आफ्नै सहकर्मीहरूलाई ‘गाइड’ गर्न पाउँदा यो भन्दा खुसीको कुरा अरू कुन होला र रु

हेर्दाहेर्दै विद्यार्थीलाई त्यो तहसम्मको जिम्मेवारी सुम्पिने राजेन्द्र गुरुलाई म यो लेखनी मार्फत पनि प्रणाम गर्न चाहन्छु । जसले मलाई पढाइमा थप आत्मविश्वास दिलायो र परीक्षाको लागि कहिल्यै डराउनु नपर्ने स्टेजमा पुर्‍यायो । मेरा पिताजी पछि कसैले मलाई प्रभाव पार्‍यो भने त्यो राजेन्द्र गुरु नै हुन् ।

अग्लो हृष्टपुष्ट खाइलाग्दो ज्यान, रवाफिलो बोली, हात्ती जस्तो लमक लमक हिँडाइले जो कोही विद्यार्थी राजेन्द्र सरसँग तर्सिन्थे । कारण घण्टी लागेपछि कक्षा बाहिर हुने जो कोही विद्यार्थी उहाँको कोपभाजनको शिकार हुन्थ्यो । उहाँको रवाफिलो वोलीले विद्यालयको वातावरण औधी शान्तमय थियो, विद्यालय अनुशासित थियो । उहाँको छोरा सुरेन्द्र चौधरीसँग हामी सहपाठी थियौँ । गृहकार्य नगरेकोमा छोरालाई समेत कुट्नु हुन्थ्यो । यसरी कसैलाई काखा, कसैलाई पाखाको व्यवहार कहिल्यै गर्नुभएन उहाँले । प्रशासनसमेत चलाउने प्रधानाध्यापकमा ओजपूर्ण आवाज हुनैपर्छ, जुन उहाँमा थियो ।

अमेरिकाबाट अङ्ग्रेजी भाषाको तालिम लिएर आएपछि राजेन्द्र सर अझ खारिएर आउनु भएको थियो । त्यसको थप उपलब्धि अमेरिकी स्वयमसेवक शिक्षिका ‘एमी एकर’लाई विद्यालयमा भित्र्याउनु भयो । जसले गर्दा कक्षा पूर्ण रूपले अङ्ग्रेजी वातावरण भएपछि सुरु सुरुमा गाह्रो लागे पनि पछि अङ्ग्रेजी बुझाई सहज हुँदै गयो ।

एमीले ६ र ७ मा अङ्ग्रेजी पढाउँथिन् । पाठयोजना घरबाटै बनाएर ल्याउने र कालोपाटीमा टेपले टाँसेर पढाउने उहाँको सैलीले थोरै समयमा सवैको मन जित्यो । त्यसरी पाठयोजना वनाएर सुरुका र पछिका कुनै शिक्षकले पढाएनन् ।

एकदिन राजेन्द्र सरले अंगे्रजी सिकाइको लागि थप योजना ल्याउनुभयो । उहाँले भन्नुभयो, अमेरिकी शिक्षकले पूर्ण रूपले अङ्ग्रेजी पढाएको तिमीहरूले बुझेकै छौ । म पनि अब पुरै घण्टी अङ्ग्रेजीमै बोल्छु । तिमीहरूले कुनै प्रश्न भए अङ्ग्रेजीमै गर्नेछौ । कोही नेपाली बोल्न पाउनेछैन । बोलेमा प्रति वाक्य १० पैसा फाइन लाग्नेछ ।

अनि, नेपाली बोल्नेलाई अनुगमन गर्ने र जरिवाना रकम टिप्ने जिम्मेवारी मैमाथि पर्‍यो । म आफै पनि ‘फाइन’ तिर्नेमा परेँ । तर यसले अङ्ग्रेजी सिक्ने वातावरणको भने धेरै विकास गर्‍यो । अर्को कुरा अक्षर बिगार्छ भन्ने हेतुले डटपेनले लेख्न प्रतिबन्ध लगाउनु भएको थियो उहाँले । यसले ह्याण्डराइटिङमा धेरैको सुधार भएको थियो ।

विज्ञान शिक्षक प्रकाशकुमार चौधरीको कक्षाको वातावरण पनि मुग्ध पार्ने खालको हुन्थ्यो । नअड्किइ सरासर परिभाषा लेखाउने शैलीमा उहाँ पढाउनुहुन्थ्यो । म पहिलो बेन्चमा बस्थे । एकदिन पढाइरहेको समयमा मलाई बाहिर हेरेको देख्नुभयो र झपार्नु भयो–‘कक्षा बाहिर हेर्ने भए म तिमीलाई सबैभन्दा पछिल्लो बेन्चमा बसालिदिन्छु । विद्यार्थीको नजर सधैँ पढाउने शिक्षककै मुहारमा केन्द्रित हुनुपर्छ, अनि मात्रै पाठ पढाएको राम्ररी बुझिन्छ ।’ त्यो घटनापछि पढाइरहेको समयमा कक्षा बाहिर हेर्ने धृष्टता कसरी गर्नु र रु

९ र १० कक्षामा अनिवार्य र ऐच्छिक दुवै गणित पढाउने श्याम बहादुर त्रिपाठी सरको पढाइले भने मलाई कहिल्यै तान्न सकेन । सायद उनी गेस पेपर हेरेर पढाउन आउँथे । कालोपाटीमा प्रश्न हल नगर्दै पुछारमा उत्तर लेखिसकेका हुन्थे । त्यसैले राम्ररी बुझाएर यो कसरी भयो भन्ने नअथ्र्याइ ठ्याक्कै उत्तर मिलाउनमै उनको ध्यान केन्द्रित हुन्थ्यो ।

कक्षा १, २, ३ मा पढ्दा पाएको सजाय म जिन्दगी भरी भुल्न सक्दिन । कुखुरा नबनेको कुनै दिनै हुन्नथ्यो । कुखुरा बन्न नसक्ने धेरै साथीहरुले उहिल्यै पढाई छाडे । कुखुरा बनाउँदै पिठ्युँमा झोला, त्यसमाथि इँटा थपिदिँदै शिक्षक प्रेम चौधरीले भन्ने गर्थे– यो केटोले कहिल्यै उन्नति गर्न सक्दैन । मैले नेपालीमा एमए सक्दा उनी आश्चर्यचकित भएका थिए । चाँडै पो बिते बिचरा । न भए आज मैले पीएचडी सकाउँदा उनको भाव कस्तो पो हुँदो हो रु

माथि वर्णित मेरो अनुभवले के भन्छ भने पाठयोजना बनाएर कक्षामा प्रवेश गर्ने, विद्यार्थीको मनोभावना बुझ्ने, थरीथरीका अतिरिक्त क्रियाकलाप गराउने, घण्टी खाली हुन नदिने, सजायले मात्रै विद्यार्थीले सिक्न सक्छन् भन्ने भावना त्याग्ने गुण राम्रा शिक्षकका उदाहरण हुन् । विद्यार्थीलाई अनुशासित र सफा सुग्घर भएको देख्न चाहने शिक्षकले आफूमा पनि त्यो गुण खोज्नुपर्छ । सबै विद्यार्थीलाई आफ्नै छोराछोरी सम्झिनु पर्छ ।

श्रोत ः रातोपाटी डट कम

Tags: अभिभावकरुपजीवनप्रभावशिक्षक
Previous Post

बुवाको हत्या गर्ने छोरालाई कारागार चलान

Next Post

पाँच राजनीतिक दलको गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढङ्गले अघि बढ्ने : सञ्चार मन्त्री कार्की

Next Post
पाँच राजनीतिक दलको गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढङ्गले अघि बढ्ने : सञ्चार मन्त्री कार्की

पाँच राजनीतिक दलको गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढङ्गले अघि बढ्ने : सञ्चार मन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist