नेपाल आमा लुटिएको , हेर्न बाध्य छ
अन्यायीको सामुन्नेमा , निरीह राज्य छ
अन्याय हत्या हिंसा, भ्रष्टाचार गरेर
देशबेचुवा हिडेका छन् , आजाद भएर
भक्षकलाई रक्षक मान्न, निर्दोष विवश छ
छेपारोझैँ रङ्ग फेर्नाले देश, तहसनहस छ
आमाको चम्किलो मुहारको , हाँसो हरायो,
बाध्यतामा रोइ बस्ने खै? कसले गरायो
देशद्रोही ,लुटेरा ,राष्ट्रघाती, तमाम यही देशमा
उडी जादैछन् नौजवान दूरदेश, माहुरी भेषमा ।
महिला जागरण ,सचेतता, अझै फैलिनु पर्छ
शिक्षा अनि चेतनाले नै हिंसा ,टाढा टाढा सर्छ ।
आफ्ना भन्ने पनि आफ्ना, हुँदैन रहेछन्
हिजो मुटुमै हुने आज, दूर दूर भएछन्।
नेपाल आमा बाध्यतामा ,बाँचेकी छन् हेर
पिडा पोखेँ प्यारो जन्म, भूमि सम्झेर।
धन्यवाद
सितल यादव
भोक्राहा नरसिंह-७,सुनसरी