ADVERTISEMENT
Wednesday, January 14, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

प्रदीप गिरि स्वर्गमा पुगेपछि…..

गणेश कुमार यादव by गणेश कुमार यादव
September 5, 2022
in लेख/बिचार
0
प्रदीप गिरि स्वर्गमा पुगेपछि…..
39
SHARES
Share on FacebookShare on Twitter

बागमतीको किनारमा मेरो पञ्चभौतिक शरीर पाँचै तत्वमा विलीन हुँदै खरानी बनिरहेको थियो । त्यसबेला बिहानी हुँदै थियो । यमदूतहरु आएर मेरो भौतिक शरीर लिएर गए । यमराजको दरबारमा पुग्दा त्यहाँ चिसो हावा वहिरहेको थियो । विविध फूलका सुगन्धले त्यो स्थान स्वर्ग नै हो भन्ने लागिरहेको थियो । वातावरण निकै शान्त र स्निग्ध थियो

आफ्ना स्थानबाट भर्खरै निस्केर चराहरुले मधुर स्वरमा गाएको गीत कानमा गुञ्जिरहेका थिए । प्रकृति समुद्रजस्तै शान्त थियो । हरियाली थियो । आकाशबाट पानीका ससाना बुँद तप्किरहेका थिए । सप्तरंगी इन्द्रेणीका धनुहरु यताउति दृश्यमान थियो ।

यस्तो शान्त वातावरण देखेपछि मनमा एकाएक यस्तो भाव जागृत भयो ‘यमराज । किन मलाई यति ढिलो यहाँ ल्यायौ ? त्यो कोलाहलमय जिन्दगीबाट किन धेरै अघि ल्याएनौ ?’ यमराजलाई निकै बेर सम्झेँ । तर के गर्नु ? मृत्युदेव यमराजको पनि विवशता होला । उनले पनि त चाहेर कहाँ हुन्छ र ? भावीको लेखन । यस्तै गमेर चित्त बुझाएँ

म पुगेपछि सर्वप्रथम मेरो पहिलो भेट महामानव वीपीसँग भयो । झण्डै चार दशक अघि हराएका वीपीसँग मेरो जम्काभेट भयो । वीपी मलाई लिन ढोकासम्म नै आउनुभएको थियो । मलाई विश्वास लागिरहेको थिएन, ती महामानव म जस्तो अकिञ्चनलाई लिन किन आउनुभयो भनेर ।

मृत्युशैय्यामा धेरै दिन छटपटाएकोले मेरो मृत्यु अपेक्षित भएको कारण होला, वीपीले मलाई पुष्पगुच्छा दिनुभयो । म लिउँ कि नलिउँ जस्तो दोधारमा थिएँ र भनेँ, ‘मैले पो हजुरलाई दिनुपर्ने हो त । यो तुच्छ प्राणीलाई किन यत्रो सम्मान ?’

अनि वीपीले भन्नुभयो ‘होइन होइन, यो तुच्छ वा महानको कुरा होइन । यो त परम्परा हो । हाम्रो संस्कृति हो । पहिला आउनेले पछि आउनेलाई स्वागत गर्ने । यी सबैलाई मैले नै स्वागत गरेर आफूसँगै राखेको छु ।’

अनि मैले उहाँले दिनुभएको फूल हातमा लिएँ । मेरो हात समाएर वीपीले भन्नुभयो, ‘यो स्वर्गलोकमा तिमीलाई स्वागत छ ।’ मैले धन्यवाद दिएँ । उहाँसँग परजुनीमा भेट होला भन्ने मैले कल्पना गरेको थिइन । तर भयो । विधिको लेखन । हात समाएर मलाई अर्को हलमा लैजानुभयो ।

त्यो हलमा पुग्दा म आश्चर्यमा पो परेँ । त्यहाँ मैले तन्नेरी वयमा देखेका अनुहार एकएक गर्दै देखा परे । त्यहाँ देखेँ, लौरी बोकेका लौह पुरुष गणेशमान, एउटा छाता र सुराहीबाट पानी सारेर खाँदै गरेका किसुनजी । अनि लहरै देखेँ महेन्द्रनारायण निधि, बलबहादुर राई, भीमबहादुर तामाङ, शैलजा आचार्य, जगन्नाथ आचार्य, गिरिजा र सुशील कोइराला । अनि अर्को नजिकै जोडिएको कोठामा हुनुहुन्थ्यो मनमोहन अधिकारी, पुष्पलाल, मदन भण्डारी, जीवराज आश्रित र भरतमोहन अधिकारी ।

मैले मनमनै भनेँ ‘ओहो, मैले यी महान् पुरुषलाई भेट्न पाएँ, ज्यादै खुसी लाग्यो । मन प्रफुल्लित र पुष्पित भयो । मेरो मन अतीततिर गयो । कस्ता कस्ता महान् प्रजातान्त्रिक नेताहरुले सिञ्चित मेरो देश अहिले कस्तो विद्रूप हालतमा छ, कस्तो गए गुज्रेको छ । के भएको होला ? कसरी यस्तो भयो ? किन भयो होला ? के एउटा कुशल नेताको अभाव हो ?

मलाई देखेपछि अर्को कोठाका पाँचै भाइ पनि आए । मैले सबै परिचित अनुहारलाई एक एक गर्दै अभिवादन गरेँ । मलाई पालैपालो सबैले अंकमाल गरे । सबैभन्दा पहिले आउनुभयो, महेन्द्रनारायण निधि । उहाँले मलाई बिर्सनु भएको रहेछ । वीपीसँग सोध्नुभयो । वीपीले हाँस्दै भन्नुभयो, ‘यिनी प्रदीप गिरि हुन् । मैले रोपेको प्रजातान्त्रिक समाजवादको विरुवालाई मलजल गर्ने, व्याख्या गर्ने, चिन्तन गर्ने, आफ्ना लेखनमार्फत् जनचेतना जागृत गर्ने एक्ला वृहस्पति हुन् । यिनी मेरो सच्चा अनुयायी हुन् । यिनी किसुनजी जस्तै सदाचारी नेता हुन् । यिनका विशेष गुण र चरित्र छन्, जुन चरित्र हालका कुनै पनि नेतामा छैन । न त मेरा छोरामा नै त्यो चरित्र र गुण छ, न त गणेशमान र निधि पुत्रमा नै । अब यिनी पनि हाम्रै अल्मुनाइमा रहनेछन् ।

महामानवको यस्तो कुरा सुनेपछि मेरा हात पाउ आकाशमा उड्न थाले । स्वर्गमा मेरा खुट्टा रहेनन् । निधिले सम्झेजस्तो गरी भन्नुभयो ‘हो त, मेरो स्मरणशक्ति क्षय भएको छ । तिमीलाई यो विद्वत सभामा स्वागत छ,’ भन्दै मलाई अभिवादन गर्नुभयो । मैले स्वीकार गरेँ ।

त्यसपछि मलाई किसुनजी, गणेशमान, गिरिजा र सुशील कोइराला आएर आलिंगनमा बाँध्नुभयो । म निकैबेर उहाँहरुको आलिंगनमा रहें । मलाई न्यानो माया र आतिथ्यता पाएजस्तै भयो । किसुनजी र गणेशमानले गहभरि आँसु झार्दै भन्नुभयो, ‘तिमीलाई यो नगरीमा स्वागत छ,’ म प्रफुल्ल भएँ । मैले उहाँहरु दुवैसँग पार्टीको वैचारिक धारबाट निष्काशनमा परेको र आफू त्यसबखत असहाय बनेकोमा व्यक्तिगत तवरले माफी पनि मागेँ ।

मलाई गिरिजासँग बाँधिन मन थिएन । तर लोकाचारका लागि भए पनि बाँधिए र ममाथि उनले सन् १९७६ मा जे गरेका थिए, त्यसमा त मैले क्षमा दिइसकेको थिएँ । तर एक चौथाइ शताव्दी अगाडि उनले दुइ तिहाइ सरकारको आत्मप्रवञ्चनामा जे कर्तुत गरेका थिए, त्यतातिर मेरो मन गयो । तर पनि उनीप्रति घृणा सदा थियो र यसपटक पनि भयो । लाग्यो, त्यसो नभएको भए वीपीले सोचेजस्तो देशले कायापलट गर्दथ्यो कि ? वा किसुनजीले भनेजस्तो सिंगापुर हुन्थ्यो कि ? वा अरुण तेस्रो बनेको भए देशले पक्कै काँचुली फेर्दथ्यो कि जस्तो पनि लाग्यो ।

मेलै अतीततिरको यात्रा गर्दागर्दै सुशील कोइराला, बलबहादुर राई, शेख इद्रिस, भीमबहादुर तामाङ, शैलजा आचार्य र जगन्नाथ आचार्य मेरो छेउमै आएर मलाई झस्काए । म झसंग भएँ । यी सबै मेरा आदर्श पुरुष थिए । शैलजा मेरी आदर्श नारी थिइन् । देशको भ्रष्टाचारको जालो देख्ने र खेद्ने यी त्रिनेत्रधारी दुर्गा थिइन् । यी यस्ता नेताको सद्चरित्रता र सद्विचारले म पनि काँग्रेस भएर बसिरहेको थिएँ । यिनीहरुको अवसानसँगै काँग्रेसको अस्तित्व पनि मेटिँदै गएको आभास भइरहेको थियो । उनीहरु सबैले मलाई फूल र अविरले सिञ्चन गरे । मलाई बाल्यकालमा तराईमा  होली खेलेको सम्झना ताजा भएर आयो ।

त्यसपछि भूआसनमा बसिरहेका मदन भण्डारी, पुष्पलाल, मनमोहन, जीवराज आश्रित र भरतमोहन अधिकारी फूलको सट्टा मुड्की उठाउँदै आउनुभयो र मलाई अभिवादन गिरिजी भन्नुभयो । क्षमकुशल सोध्नुभयो । मैले पनि मन्द मुस्कान छरेँ र अभिवादन स्वीकार गरेँ ।

सबैजना समान तरहले आआफ्नो भूआसनमा बसेपछि युगनायक, द्रष्टा वीपी उठ्नुभयो र मेरो चिनारी दिँदै भन्नुभयो ‘आदरणीय समुदाय, जय नेपाल । तपाईंहरुले चिन्नुभएकै छ, गिरि मेरो  विचारका संवाहक हुन् । उनी मैले रोेजेको, मैले खाजेको र मैले चाहेको प्रजातान्त्रिक समाजवादको चिन्तनलाई सदैव बोकी हिँड्ने व्यक्ति हुन् । मलाई लाग्छ, नेपालमा अब व्यवहारिक रुपले त्यो सिद्धान्तलाई वा त्यो विचारलाई बोक्ने कोही व्यक्ति छैन । यसमा मलाई निकै दुःख लागेको छ । कहिलेकाँही त लाग्छ, मैले रोपेको त्यो महान् वृक्ष पालुवा नलाग्दै रुखबाट आफ्सेआफ उब्जिएका कीरा र जंगली कीराहरुका कारण मर्छ । अब म ढिला नगरी उहाँलाई त्यो देश र सरकारका बारेमा दुइ शब्द व्यक्त गरिदिन हार्दिक अनुरोध गर्दछु ।’

अनि म जुरुक्क उठेँ र भनेँ–

‘श्रद्धेय नेतागण

मलाई यहाँ स्वागत गरेको देखी म पुलकित छु । मलाई थकथकी लागिरहेछ, म किन पहिले नै यो विद्वत सभामा आउन सकिन ।

मैले भन्नैपर्छ देश वर्वादीतिर गइरहेछ । मैले लाख कोशिस गरेँ, कसैले सुनेन । म एक्लो वृहस्पतिका रुपमा रहेँ । नेताहरु छिनाझपटीमा लागिरहेछन् । भष्टाचार र सरकार एक अर्काका परिपूरक भएका छन् । चोर, फटाहा र ठगहरु फेरि पनि सत्ता हत्याउने दाउमा छन् । सरकार र देश आफ्ना छोराछोरीको वपौती ठानेर उनीहरुलाई नै अगाडि सारिरहेका छन् । आफन्त, नातागोता, ज्वाइँ, छोरी, भान्जाभान्जीलाई सत्ताको साँचो दिएका छन् ।

बृद्धभत्ता खाने उमेरका नेताहरु आफू आफू बाँडीचुँडी देशलाई जर्जर बनाइरहेका छन् । आगामी चुनावमा ठगबन्धनीय एकता गरेर सत्ताको साँचो आफै लिने दाउमा छन् । कुनै दिन देश श्रीलंकाको बाटोमा गयो भने आश्चर्य नमान्दा हुन्छ । युवालाई खाडीमा धकेलिरहेछन् र आपूm उनीहरुकै रेमिट्यान्सले सरकारी ढुकुटीमा रजाइँ गरिरहेका छन् । उद्योगधन्दा बन्द छ र जनताका दुःखका पहाड सगरमाथा उछिनेर केचनाकलनतिर झरिसकेका छन् । अब हामीले केही गर्नैपर्छ र एउटा सबल नेतालाई त्यो देशको साँचो दिन अबेला भइसकेको छ ।

अरु धेरै कुरा छन् भन्नुपर्ने तर भनिन । म थकित छु । अहिलेलाई यत्ति । पछि बात मारौँला ।

श्रोत ः रातोपाटी डट कम

Tags: पुगेपछिप्रदीप गिरिस्वर्गस्वर्गमा पुगेपछि
Previous Post

बलिउड संकटबारे सुनिल सेट्टीको सुझाव स् दर्शक के चाहन्छन् भन्ने सोचौं, न कि हामी

Next Post

मुख्यमन्त्रीलाई मातृशोक

Next Post
मुख्यमन्त्रीलाई मातृशोक

मुख्यमन्त्रीलाई मातृशोक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist