Saturday, November 8, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

फ्राइडे रिलिज : कृष्णलीला, प्रेमगञ्ज, माईकल अधिकारी र कार्तिकेय २

गणेश कुमार यादव by गणेश कुमार यादव
August 19, 2022
in कला
0
फ्राइडे रिलिज : कृष्णलीला, प्रेमगञ्ज, माईकल अधिकारी र कार्तिकेय २
36
SHARES
Share on FacebookShare on Twitter
ADVERTISEMENT

काठमाडौं । कृष्ण जन्माष्टमी छेकोमा शुक्रबार नेपाली हलहरुमा तीन नेपाली र एक दक्षिण भारतीय फिल्म रिलिज भएका छन् । अलग जानराका यी सबै फिल्मलाई दर्शकले आफ्नो रुचिअनुसार हेर्न सक्नेछन् ।

दीपक वली निर्देशित ‘कृष्णलीला’, रञ्जित रौनियारको ‘माईकल अधिकारी’ र परिच्छेद सेन निर्देशित ‘प्रेमगञ्ज’ रिलिज भएका हुन् । भारतमा पछिल्लो साता चर्चा बटुलिरहेको हिन्दी डब फिल्म ‘कार्तिकेय २’ समेत प्रदर्शनमा आएको छ ।

‘कृष्णलीला’मा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ र रविन्द्र झाको मुख्य भूमिका छ । अटिजम प्रभावित युवकले महत्वाकाङ्क्षी र सामान्य स्वास्थ्य अवस्थाकी युवतीलाई एकोहोरो प्रेम गर्दा आउने घुम्ती र संघर्ष फिल्मको कथावस्तु हो । पुष्पले यसमा अटिजम प्रभावित युवकको चरित्र चित्रण गरेका छन् । यो फिल्मका गीतहरु नेपाली चार्टबस्टरमा हिट छन् । रोमान्टिक र सामाजिक कथावस्तुको फिल्म मनपर्छ भने यो फिल्म रुचिकर हुनसक्छ ।

‘माईकल अधिकारी’मा सृष्टि श्रेष्ठ र सौगात मल्लको प्रमुख अभिनय छ । गोपिकृष्ण मूभिजले निर्माण गरेको फिल्मको कथावस्तु ‘सरोगेसी’मा आधारित छ । विपन्न दम्पतीले आर्थिक अभावमा कसरी मातृत्वलाई विक्री गर्छन् र यसले भविष्यमा निम्त्याउने सामाजिक संकट फिल्ममा चित्रण छ ।

तेज गिरी र बेनिशा हमालको प्रमुख भूमिका रहेको ‘प्रेमगञ्ज’ले एकै व्यक्तिको दुई समयको प्रेमकथालाई प्रस्तुत गरेको छ । ‘जो जीवनमा छ ऊ मनमा छैन, जो मनमा छ ऊ जीवनमा छैन’ फिल्मको थिम हो । रोमान्टिक जानराको फिल्म रुचाउनेलाई यो फिल्म योग्य हुनसक्छ ।

एक्सन, एड्भेन्चर र फेन्टासी जानरामा राखिएको फिल्म ‘कार्तिकेय २’मा निखिल सिद्धार्थ, अनुपमा परमेश्वरम र अनुपम खेरको प्रमुख भूमिका छ । चन्दु मनदेती निर्देशित फिल्मले भगवान श्रीकृष्णको शक्तिमार्फत कसरी मुख्य पात्र कार्तिकेयले आफ्नो समस्याको रहस्य पत्ता लगाउँछ भन्ने कथावस्तु यसमा छ ।

Previous Post

श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक कृष्ण जन्मााष्टमी पर्व मनाउँदै

Next Post

रुखले किचेर एक युवाको मृत्यु

Next Post
रुखले किचेर एक युवाको मृत्यु

रुखले किचेर एक युवाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2799 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2221 shares
    Share 888 Tweet 555
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1527 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist