ADVERTISEMENT
Friday, December 5, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

कृति सेननसँग इन्गेजमेन्टको खबरबीच प्रभासले लिए फिल्म छायांकनबाट लामो बिदा

गणेश कुमार यादव by गणेश कुमार यादव
February 9, 2023
in कला
0
कृति सेननसँग इन्गेजमेन्टको खबरबीच प्रभासले लिए फिल्म छायांकनबाट लामो बिदा
38
SHARES
Share on FacebookShare on Twitter

माघ २६ गते,काठमाडौं । भारतीय अभिनेता प्रभास गत सातादेखि मिडिया हेडलाइन बनिरहेका छन् । अभिनेत्री कृति सेननसँगको इन्गेजमेन्टको खबर भाइरल बनिरहेको बेला उनको स्वास्थ्यलाई लिएर नयाँ खबर छ । विवरणका अनुसार ‘बाहुबली’ स्टार स्वास्थ्य समस्याबाट पीडित भएका छन् ।

स्वास्थ्यका कारण उनले आगामी फिल्मको छायांकन पनि स्थगित गरेको बताइएको छ । प्रभास केही दिनदेखि उच्च ज्वरोबाट ग्रसित थिए । उनी उपचार गर्न अस्पताल पनि पुगे । डाक्टरले उनलाई आराम गर्न र उचित औषधि सेवन गर्न सल्लाह दिएका छन् । चिकित्सकको सल्लाहपछि प्रभासले केही दिन बिदा र आराम गर्ने निर्णय गरेका छन् । तर निको भइसकेपछि छिट्टै काममा फर्किने अपेक्षा गरिएको छ ।

यसैबीच, प्रभासले चाँडै अभिनेत्री कृति सेननसँग इन्गेजमेन्ट गर्ने खबर माल्दिभ्समा आगोझैं फैलिएको छ । इन्गेजमेन्टको हल्ला त्यतिबेला सुरु भयो, जब एक फिल्म समीक्षकले प्रभास र कृति सेनन चाँडै माल्दिभ्समा इन्गेजमेन्ट गर्न भनेर ट्वीट गरे । यो ट्वीटले इन्टरनेटमा आँधी ल्यायो । तर प्रभासले कृतिलाई साथी मात्र भएको बताउँदै आइरहेका छन् ।

प्रभास निकट स्रोतले यी हल्लाको खण्डन गर्दै काल्पनिक मात्र भएको दाबी गरेको छ । ‘प्रभास र कृति दुवै सहकलाकार हुन् र जसले जे पनि सुझाव दिन्छ, विश्वास गर्न सकिंदैन,’ स्रोतले भन्यो ।

कामको कुरा गर्दा प्रभाससँग पहिले नै प्रशान्त नीलको ‘सालार’ पाइपलाइनमा छ, जहाँ उनको अपोजिटमा श्रुति हासन छिन् । यो फिल्म यसै वर्षभित्र रिलिज हुँदैछ । उनीसँग अमिताभ बच्चन, दीपिका पादुकोण र दिशा पटानीको साथमा नाग अश्विनको फिल्म पनि पाइपलाइनमा छ । ओम राउतको सैफअली खान र कृति सेननसँगको ‘आदिपुरुष’ पनि छ, जसको छायांकन सकिएको छ । यो फिल्म आगामी जुनमा रिलिज हुने तयारीमा छ ।

श्रोत ः अनलाइन खबर

 

Tags: कृति सेननप्रभास
Previous Post

स्रोत नखुलेको ९ लाख २० हजार रुपैयाँ सहित एकजना पक्राउ

Next Post

व्यक्तिले मानहानी हुने काम गरेको भन्दै अभिनेत्री करिश्माले गरि साईबर ब्युरोमा मुद्धा दायर

Next Post
व्यक्तिले मानहानी हुने काम गरेको भन्दै अभिनेत्री करिश्माले गरि साईबर ब्युरोमा मुद्धा दायर

व्यक्तिले मानहानी हुने काम गरेको भन्दै अभिनेत्री करिश्माले गरि साईबर ब्युरोमा मुद्धा दायर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist