ADVERTISEMENT
Friday, February 13, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

बहरका गजलको एल्बम ‘शुभेच्छा’ सार्वजनिक

गणेश कुमार यादव by गणेश कुमार यादव
August 28, 2022
in कला
0
बहरका गजलको एल्बम ‘शुभेच्छा’ सार्वजनिक
44
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं :  घनेन्द्र ओझाका रचना र सन्तोष श्रेष्ठको संगीत रहेको गजल एल्बम ‘शुभेच्छा’ सार्वजनिक गरिएको छ।

१५७औँ मोतीजयन्तीको अवसरमा अनाममण्डलीले शनिबार आयोजना गरेको कार्यक्रममा एल्बम लोकार्पण गरिएको हो।

गजलकार करुण थापाले नेपाली गजल संगीतमा आउने क्रम क्रमशः बढिरहेको भन्दै घनेन्द्रले बहरका मात्र गजलहरूको एल्बम तयार पारेर नेपाली गजल क्षेत्रमा उल्लेख्य कार्य गरेको बताए। नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले एल्बम प्रकाशन सराहनीय कदम रहेको बताए।

पूर्व मुख्यसचिव एवं साहित्यकार डा. भोजराज घिमिरेले गजल आफैँमा बहरमै लेखिने भएकाले शास्त्रीय र गैरशास्त्रीय बहरका वा गैरबहरका भनिरहनु नपर्ने धारणा राखे। डा. घिमिरेले अब नेपाली गजलमा संगीतको लहर आउने आँकलन गरे।

प्रा.डा. कृष्णहरि बरालले नेपाली गजल गायनको शैली, नेपाली गजल संगीतको शैली नेपालीकरण भइरहेको र सोहीअनुसार पछिल्लो समय नेपाल गजलमा संगीत भरिँदै आएको बताए। यस एल्बमका रचनामा नेपाली शैलीकै अर्धशास्त्रीय शैलीमा सुन्दर संगीत भएको उनको भनाइ छ।

गजलकार राधा कणेलले घनेन्द्र नेपाली गजल परिष्कारका लागि लामो समयदेखि लागिरहेका र त्यसकै पछिल्लो कार्य शुभेच्छा एल्बम रहेको बताइन्। ​गजलकार रूपक अल‌ंकारले संगीतमा आएपछिको गजलको स्वाद नै भिन्न हुनेरहेछ भन्ने एल्बमले प्रमाणित गरेको बताए।

एल्बममा नेपाली गायनका चार पुस्ता समेट्ने प्रयास सफल भएको गजलकार ओझाले बताए।  ‘हामीले बहरबद्ध गजलहरूको एल्बमको अभाव त देख्यौँ नै’, उनले भने, ‘त्यससँगै एउटै एल्बममा  चार पुस्ता जोड्ने सोच बनाएर यो काम गरेका हौँ।’

नेपाली गजल संगीतका क्षेत्रमा बहरमा मात्र लेखिएका गजलहरूको एल्बम हालसम्म नपाइएको र बहरबद्ध गजललाई एल्बमकै रूपमा ल्याएको संगीतकार श्रेष्ठले बताए।

एल्बममा पहिलो पुस्ताबाट ज्ञानु राणा, दोस्रो पुस्ताबाट आनन्द कार्की, तेस्रो पुस्ताबाट शिव परियार, निशा देशार र सन्तोष श्रेष्ठ तथा चौथो पुस्ताबाट अस्मिता अधिकारीको स्वर समेटिएको छ। एल्बम कामना डिजिटल प्रालिले ल्याएको हो।

Tags: गजलबहरका गजल
Previous Post

भारतलाई पाकिस्तानको डर

Next Post

तिज तथा जितिया पर्वको  शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न (भिडियो सहित )

Next Post
तिज तथा जितिया पर्वको  शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न (भिडियो सहित )

तिज तथा जितिया पर्वको  शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न (भिडियो सहित )

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist