ADVERTISEMENT
Tuesday, February 17, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

भिटेन र प्रनेशको पक्षमा बोल्ने अभियन्ता अपूर्व प्रकरणमा मौन

गणेश कुमार यादव by गणेश कुमार यादव
August 31, 2022
in कला
0
भिटेन र प्रनेशको पक्षमा बोल्ने अभियन्ता अपूर्व प्रकरणमा मौन
37
SHARES
Share on FacebookShare on Twitter

भदौ १५ गते,
काठमाडौं । नेवार समुदायको मानमर्दन हुने गरी व्यंग्य गरेको आरोपमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिइसकेको छ ।

केही दिनअघि युट्युबमा उनले पोस्ट गरेको कमेडी भिडियोले नेवाः आस्थामा प्रहार गरेको भन्दै अभियन्ताले प्रहरीमा उजुरी दिएका थिए । सिंहले नेवार समुदायको बोल्ने शैली, महिला, खानपान लगायतका विषयमा व्यंग्य गरेका थिए । यसको आलोचना भएपछि सिंहले माफी माग्दै भिडियो हटाइसकेका छन् ।

सिंह अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा छन् । यसअघि गायक भिटेन र स्ट्यान्ड(अप कमेडियन प्रनेश गौतमलाई पनि प्रहरीले यस्तै आरोपमा पक्राउ गरेको थियो । चौतर्फी विरोध र दबाबपछि यी दुईलाई प्रहरीले सर्तसहित रिहा गरेको थियो ।

प्रनेश र भिटेनलाई विद्युतीय कारोबार ऐन ९साइबर अपराध०ऐनअनुसार प्रक्रिया अघि बढाइएको थियो । तर अपूर्वमाथिको कारवाही प्रक्रिया भने तीभन्दा भिन्न छ । अपूर्वविरुद्ध प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १६५ मा रहेको सामाजिक रीतिथितिमा खलल पार्न नहुने कसूरअन्तर्गत कानुनी प्रक्रियाि अघि बढाएको छ ।

यो कसूर प्रमाणि भए एक वर्ष कैद वा १० हजार रुपैयाँ जरिवानासम्म हुने प्रावधान छ । तर अपूर्वविरुद्धको मुद्दामा प्रहरीले माध्यमभन्दा पनि विषयवस्तु र त्यसको प्रस्तुतिलाई हेरेको छ । भिटेन र प्रनेश दुवैको मुद्दामा भने प्रहरीले माध्यमलाई हेरेको थियो ।

प्रनेश र भिटेन प्रकरणमा अभिव्यक्ति स्वतन्त्रताको हनन् भयो भन्दै अभियन्तादेखि सामाजिक सञ्जाल प्रयोगकर्तासम्म चर्को विरोधमा उत्रिएका थिए । तर करिब त्यस्तै अपूर्व प्रकरणमा भने अभियन्ता त के सामाजिक सञ्जालको टाइमलाइन करिब ‘मौन’ देखिन्छ ।

कमेडी च्याम्पियन हिमेश पन्त जातीय संवेदनशीलता जोडिएकाले मानिसहरु यो प्रकरणमा मौन रहेको हुन सक्ने बताउँछन् । तर सबैले अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्नुपर्ने उनको तर्क छ । माफी मागिसकेपछि पनि जेल पुर्‍याउनुलाई उनी गलत भएको बताउँछन् । ‘तर यसले स्ट्यान्ड(अप कमेडीलाई बदनाम चाहिं बनाउँदैन,’ उनी भन्छन् ।

सामाजिक सञ्जालमा पनि अपूर्वको विरोध गर्नेहरु नेवार समुदाय पृष्ठभूमिकै बढी देखिन्छन् । केहीले त अपूर्वले स्ट्यान्ड-अप कमेडीमाथि अपराध गरेकै दाबीसहितको स्टाटस पनि लेखेका छन् । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्, ‘सयौं वर्षदेखि परिष्कृत भई विश्वकै ध्यान खिच्न सफल सभ्यता र संस्कृति एक जना कमेडियनको वर्थलेस सेटले ठेस लगाउन सक्ने गरी कमजोर हुँदैन । पूरै समुदायको भावनामा ठेस पुग्यो भन्दै कानुनी उपचार खोजिरहन आवश्यक छैन ।’

धेरैले यो प्रकरणलाई अरु नलम्ब्याउन आग्रह गर्दै कमेडी गरेकै भरमा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नु लोकतन्त्रका लागि शोभनीय नहुने तर्क गरेका छन् । अपूर्वले पनि यो प्रकरणलाई यत्तिकैमा सक्न र थप अघि नबढाउन आग्रह गर्दै माफी मागिसकेका छन् ।
श्रोत : अनलाइनखबर

Tags: अपराधकमेडियनपक्राउ परेका कमेडियन
Previous Post

कृष्णानगर नगरपालिकामा कर्मचारी प्रति विभेद कायमै

Next Post

आत्महत्या गर्ने प्रयासमा अस्पतालको तेस्रो तलाबाट हामफालें बिरामी  

Next Post
आत्महत्या गर्ने प्रयासमा अस्पतालको तेस्रो तलाबाट हामफालें बिरामी  

आत्महत्या गर्ने प्रयासमा अस्पतालको तेस्रो तलाबाट हामफालें बिरामी  

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist