काठमाडौं : पाकिस्तान प्रहरीले पूर्व प्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरु गरेको छ।
शनिबार खानले गरेको एक भाषणमा न्यायालय र प्रहरीमाथि गम्भीर आरोप लगाएपछि प्रहरीले अनुसन्धान थालेको हो। प्रहरीले अनुसन्धान सुरु गरेपछि खानको घरबाहिर ठूलो संख्यामा समर्थकहरु जम्मा भएको र देशभर तनावको अवस्था सिर्जना भएको बीबीसीले जनाएको छ।
गत अप्रिलमा सत्ताबाट बाहिरिएपछि खानले सरकार, सेना तथा अन्य सुरक्षा निकायका विषयमा गम्भीर अभिव्यक्ति दिँदै आएका छन्। खानले हिरासतमा प्रहरीले आफ्ना एक निकटस्थलाई यातना दिएको आरोप लगाएका थिए। खानले यातना दिएको भनिएका व्यक्ति देशद्रोहको मुद्दामा हिरासतमा छन्।
शनिबार भएको सार्वजनिक कार्यक्रममा खानले इस्लामावादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशले ती व्यक्तिमाथि दुव्र्यवहार गरेको जिकिर गरेका थिए। एजेन्सी