कराँची । पाकिस्तानको कराँची सहरमा अवस्थित एक विद्यालयका प्रिन्सिपल महिला तथा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप पक्राउ परेका छन् ।
प्रिन्सिपल इरफान गफुर मेमनले ४५ जना महिला तथा छात्राहरूलाई पीडा र यातानाको खबर बाहिर आएसँगै उनको कर्तुत खुलासा भएको हो ।
उनले ४५ जना महिलासँग ब्लाकमेल तथा केहीलाई बलात्कार गरेको आरोप छ । उनको मोबाइलबाट कैयौँ महिलाको भिडियो पनि फेला परेको छ, जुन विद्यालयको सिसिटिभीमा कैद भएको थियो ।
उनले विद्यालयमा केही क्यामेरा लुकाएर राखेका थिए, जसमा रेकर्डिङ गरेर उनले महिला शिक्षक र छात्राहरूलाई ब्ल्याकमेल गर्ने गर्थे । उनको सेलफोनबाट यस्तै २५ वटा छोटो भिडियो क्लिप पनि अनुसन्धान टोलीले बरामद गरेको छ ।