ADVERTISEMENT
Tuesday, May 12, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

साम्पाङका विशेष सहयोगी सुदिपराज गहतराज नेपाली काँग्रेसमा प्रवेश

दुई पत्रकार सहित ९ जना सम्मानित

गणेश कुमार यादव by गणेश कुमार यादव
July 16, 2023
in स्थानीय समाचार
0
साम्पाङका विशेष सहयोगी सुदिपराज गहतराज नेपाली काँग्रेसमा प्रवेश
41
SHARES
Share on FacebookShare on Twitter

सुनसरी। नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ प्रदेश सभा १ र २ को संयुक्त सम्मेलनमा मेयर हर्क साम्पाङका विशेष सहयोगी समेत रहेका सुदिपराज गहतराज नेपाली काँग्रेस पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश गरेका गहतराजले मेयर साम्पाङलाई गत चुनावमा मेयरमा जिताउन ठुलो भूमिका खेलेका थिए ।

पार्टी प्रवेश गर्दै गहतराजले भने -‘व्यक्ति केही होइन पार्टीको नीति र बिचार नै ठुलो’ भएको भन्दै पार्टी प्रवेश गरेको हुँ । व्यक्ति केन्द्रित हुनु भन्दा पार्टी केन्द्रित राजनीति ठुलो हुने भएकाले पार्टी प्रवेश गरेको गहतराजले बताए ।

शनिवार धरान-१३ स्थित धरान ब्याङ्क्वेट्मा भएको प्रदेश १ र २ को संयुक्त भेलामा नेपाली काँग्रेसमा सक्रिय रूपमा कार्य गरिरहेका ६ जना, मरणोपरान्त सम्मान र पत्रकार सम्मान सहित ९ जनालाई सम्मान गरिएको थियो।

पूर्व सभापति धनबहादुर कटुवाललाई मरणोपरान्त सम्मान गरिएको थियो भने नेपाली काँग्रेस क्षेत्र १ (क) बाट समानुपातिक सांसद भएकी ममता तामाङ योञ्जनलाई सम्मान गरिएको थियो ।

साथै सक्रिय राजनीति गरिरहनु भएका नेपाली काँग्रेस धरानका पहिलो सभापति नरेन्द्र ढुङ्गेल र अग्रज काँग्रेसी सुरेशमान श्रेष्ठ, विनोद राई, हेमराज लिम्बू र पूर्व प्रदेश नम्बर १ सांसद चन्द्र प्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यस्तै भेलामा लामो समय देखि नेपाली पत्रकारितामा  सक्रिय पत्रकारद्वय लक्ष्मण थापा र विनय प्रधानलाई सम्मान गरिएको थियो।

भेलामा धरान नगर सभापति श्याम पोख्रेलले आफैबाट ‘म म’ भन्दै नेता कार्यकर्ता परिवर्तन भई सुध्रिनु जरुरी रहेको बताए । उनले भने यो भेला सम्म आइपुग्नू तल्लो लेभलका कार्यकर्ता बिहान देखि बेलुकासम्म फिल्डमा खटेको बताए ।

नेता हुँ भन्ने अनि आशनग्रहण गर्न स्टेज भेला भएर काँग्रेस अगाडी बढ्न नसकिने बताउँदै कार्यकर्तासँग नेताहरू उठबस गर्नुपर्ने अनि मात्र काँग्रेसले नयाँ गति लिन सक्ने बताए । उनले  प्रमुख अतिथि रहेका महामन्त्री गगन थापालाई ‘महामन्त्री ज्यु, केन्द्रीय कार्यसमिति कहाँ छ ?, के गर्दैछ ? भन्दै प्रश्न समेत गरेका थिए ।

नेपाली काँग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले पार्टी सभापति शेर बहादुर देउवालाई मात्र दोष थुपारेर नहुने भन्दै पार्टी नेताहरू सबैले गुण र दोषमा सम्मिलित हुनु पर्ने बताइन । उनले सुनसरीमा पार्टी भित्रका नेताहरूले टिकट बिक्री गरेको र पार्टी सिद्ध्याएको बताइन ।

प्रमुख अतिथि नेपाली काँग्रेस महामन्त्री गगन थापाले संस्थागत भ्रष्टाचार नेपाली काँग्रेस भित्र नरहेको र व्यक्तिगत भ्रष्टाचार कसैले गरेको भए आफै जिम्मेवारी लिँदै कारबाहीको भागिदार बन्नु पर्ने बताए । उनले भने ‘सत्तामा पुगेर सबैले गल्ती गरेका छैनन् , काँग्रेस अहिलेको सबैभन्दा ठुलो दल हो यही शक्ति सञ्चय गर्दै शिक्षा, स्वास्थ्य र कृषिमा जनतालाई लगानी गर्ने हो भने २०८४ मा एक्कै चुनाव लड्न सक्छ।’

भेलालाई केन्द्रीय सदस्यहरू राजीव कोइराला, राजीव ढुङ्गाना, प्रदीप पौडेल कोशी प्रदेश महामन्त्री उमेश थापा, लगायतका वक्ताले सम्बोधन गरेका थिए। भेला काँग्रेस सुनसरी क्षेत्र नम्बर १ सभापति सुजेन्द्र तामाङको सभापतित्वमा सम्पन्न भएको थियो।

Previous Post

दाइजो बिना बिहे गर्ने अडानमा रहेकी भारतीय शिक्षिकाले सुरु गरिन् आन्दोलन

Next Post

जनकपुर–जयनगर रेलसेवा बिजलपुरासम्म सञ्चालन हुने

Next Post
जनकपुर–जयनगर रेलसेवा बिजलपुरासम्म सञ्चालन हुने

जनकपुर–जयनगर रेलसेवा बिजलपुरासम्म सञ्चालन हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2233 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1692 shares
    Share 677 Tweet 423
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist