इनरुवा । सुनसरीको कोसी गाउँपालिका ८ कोशी व्यारेज स्थित सप्तकोसी नदिमा डुकेका र डुब्न लागेकाहरुलाई उद्धार गर्ने सहासिक स्थानीय चन्दर मुखिया सम्मानित भएका छन् ।
कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले कोशीमा डुबेकाहरुलाई आफ्नो ज्यानको प्रवाह नगरी सकुसल उद्धार गर्ने स्थानीयबासी चन्दर मुखियालाई सम्मानित गरेका हुन् ।
कोसी ब्यारेज भई यात्रा गर्ने क्रममा दुर्घटनामा परी सप्तकोसी नदिमा डुब्न लागेका व्यक्तिलाई पटकपटक आफ्नो ज्यानको बाजी राखी बहादुरीपूर्ण रुपले उद्धार गर्न सफल भएको र मानवताका निम्ति मुखियाले खेलेको भूमिकाको उच्च प्रशंसा सहित सम्मान–पत्र, माला, अबिर र खादा ओढाएर गाउँपालिका अध्यक्ष अन्सारीले सम्मान गरेको हो ।
एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी, कोसी ८ का वडा अध्यक्ष बलराम क्षेत्री, सशस्त्र बेस क्याम्प बिओपी भण्टाबारीका डिएसपी भवराज कटवाल, ईलाका प्रहरी कार्यालय भण्टाबारीका इन्चार्ज दुर्गापोमु लिम्बू, शिक्षाप्रेमी जीवानन्द झा,रामचन्द्र महतो, रामपृत मण्डल लगायतले मुखियालाई सम्मान गरेको हो ।
मुखियाले कोशीमा ट्रक खस्दा तीन जनाको र आत्महत्या गर्ने उदेश्यले हाम फालेकाहरुलाई समेत उद्धार गरेका थिए ।