इनरूवा । सुनसरीको भोक्राहा नर्सिङ गाउपालिकाका अध्यक्ष अज्मल अत्तर अजादले ३३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवशको अवसरमा ३५ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
आइतबार गाउँपालीकाका अध्यक्ष अजादले ३५ जना जेष्ठ नागरिकलाई एक महिनाका लागि पुग्ने बिभिन्न पौष्टिक तत्वयुक्त खानेकुरा वितरण गरि सम्मान सहित गरेको हो ।
जेष्ठ नागरिक जिउँदा इतिहाँस भएकाले उनिहरुको मनोवल उच्चराख्न सम्मान गरेको गाउँपालिका अध्यक्ष अजमल अख्तर अजाद मियाँले जानकारी दिए ।
जेष्ठ नागरिकको स्वास्थ्य तथा उनिहरुले पाउँने भत्ता लगायत समाज तथा घरपरिवारमा स(सम्मान बाँच्न पाउँने अधिकारका लागि स्थानीय सरकार लागि परेको गाउपालिकाको उनको भनाई छ । जेष्ठ नागरिकहरुले उमेर ढल्किएसंगै शारिरीक र मानसिक रुपमा कमजोर हुदै जाँदा जेष्ठ नागरिक परिवार र समाजवाट अपहेलित हुनुपर्ने अहिलेको अवस्थालाई परिवर्तन गर्न जरुरी रहेकोमा अध्यक्ष अजादले जोड दिए ।