सुनसरीकाे देवानगञ्ज गाउँपालिका–१ बाट ३ सय ५० केजी गाँजा सहित भारती स्कारपियाे प्रहरीले बरामद गरेको छ ।
बिहीबार विहान ३ बजे भारत तर्फ जाँदै गरेकाे भारतीय HR. 70E.9502 नम्बर प्लेटकाे स्कारपियाे सहित प्रहरीले ३ सय ५० केजी गाँजा बरामद गरेको हाे । भन्ने समाचार आवर सुनसरी डट कममा मिति २०८१ साल माघ २४ गते प्रकाशित भएकाे थियाे । https://oursunsari.com/blog/main-news/4549/
साे समाचारमा उल्लेख गरिएकाे गाँजा सुनसरीको देवानगंज गाउँपालिका-१ मध्यहर्षाहीबाट २ सय ९६ केजी ८५० ग्राम गाँजासहित भारती स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार विहान नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय एचआर. ७० इ. ९५०२ नम्बरको स्कारपियोमा २ सय ९६ केजी ८५० ग्राम गाँजा बरामद गरेको हो । थियाे गलत सूचनाकाे कारणले गर्दा हामीबाट त्रुटी भएकाे थियाे ।
सच्याइएकाे समाचार : मिति २०८१।१०।२४ गते बिहान ०३:३० बजेको समयमा इन्डियन नम्बर प्लेटको गाडिमा लागू औषध गाँजा तस्करी भइरहेको भनि जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाज्यूलाई आएको गोप्य सुचनाको अधारमा यस जिल्लाको दक्षिणी बेल्टको नाका ब्लक गरी चेकजाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय चिमडीबाट प्रबनानि कृष्ण कुमार श्रेष्ठको कमाण्डमा खटिएको टोलिले बेरीगेट राखी जिल्ला सुनसरी गढी गाउँपालिका वडा नं. ४ स्थित छिटाहा नहरको बाटो हुदै आउँदै गरेको HR70E9502 नम्बरको स्कारपिओ गाडी रोक्न खोज्दा नरोकी बेरीगेटलाई ठक्कर दिदै भागे पश्चात इलाका प्रहरी कार्यालय हरिनगरा सुनसरीबाट प्रनानि गणेश दाहालको कमाण्डमा खटिएको टोलिले उक्त गाडीलाई रोक्न खोज्दा ऐ. देवानगंज गाउँपालिका वडा नं. ७ सिनवारी स्थितमा आफै अनियन्त्रित भई सडक भन्दा १० फिट तल रहेको ऐलेनी जग्गामा झरी रोकिएको अबस्थामा ०६:४० बजेको समयमा उक्त स्कारपिओ नियन्त्रणमा लिएको चालक फरार रहेको, सो स्कारपिओ भित्र हेर्दा प्लाष्टिकको बोरामा १० पोका गाँजा र सोही स्कारपिओ गाडी छेउमा रहेको उखुको ढोडमा लुकाई राखेको ४ पोका लागूऔषध गाँजा समेत वरामद भएको जम्मा १४ पोका लागू औषध गाँजा जिल्ला प्रहरी कार्यालय ईनरुवा सुनसरीमा ल्याई डिजिटल काँटामा तौल गर्दा २९६ (दुई सय छयानब्बे) केजि ८५० ग्राम रहेको उक्त स्कारपिओ गाडी लाई स्कटिङ गर्नको लागि ल्याईएको प्रदेश २-०३-००९ प ०९९७ नम्बरको कालो निलो रंङको २२० सि.सि.को मोटरसाइकल समेतलाई नियन्त्रणमा लिईएको र फरार सवारी चालकको खोजी कार्य भइरहेको ।