ADVERTISEMENT
Wednesday, February 18, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

सुनसरी–२ मा गठबन्धन ‘बलियो’, एमाले ‘कमजोर’ मतदाता भन्छन ः फेरी एक पटक सिताराम मेहताकै खाँचो छ

गणेश कुमार यादव by गणेश कुमार यादव
November 2, 2022
in मुख्य समाचार, स्थानीय समाचार
0
सुनसरी–२ मा गठबन्धन ‘बलियो’, एमाले ‘कमजोर’  मतदाता भन्छन ः फेरी एक पटक सिताराम मेहताकै खाँचो छ
43
SHARES
Share on FacebookShare on Twitter

कार्तिक १६ गते,सुनसरी । मंसिर ४ गतेको निर्वाचनका लागि मनोनयन दर्ता भएसँगै सुनसरीमा चुनावी माहोल ह्वात्तै बढेको छ । चियापसल, सार्वजनिक यातायात, पार्कदेखि मानिसको जमघट हुने हरेक ठाउँमा चुनावकै विषयमा कुराकानी हुने गरेको भेटिन्छ । अहिले चुनावी गफ नहुने ठाउँ छैन ।

व्यापारीदेखि किसानसम्म कुन क्षेत्रमा कसको उम्मेदवारी ?, कुन पार्टी र उम्मेदवार कस्तो ? उनीहरूले विगतमा गरेका काम ?, चुनाव कसले जित्ला ? प्रश्नसहितका विषयमा पक्ष विपक्षमा चुनाव केन्द्रित कुराकानी भइरहेको सुनिन्छ ।

यसैबीच सुनसरीको प्रतिनिधिसभा अर्थात् संघीय निर्वाचन क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धन दलबाट साझा उम्मेदवारका रूपमा नेपाली काँग्रेसका सिताराम मेहता र नेकपा एमालेकातर्फबाट एमालेका नेता भिम प्रसाद आचार्य प्रतिस्पर्धा गर्दै छन् । मेहता यसअघि भएको दुई पटकको निर्वाचनमा यही क्षेत्रबाट जितेको तथा पूर्व राज्यमन्त्री हुन् भने र आचार्य नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रदेश १ का पूर्वमूख्यमन्त्री हुन् ।

 

यो निर्वाचन क्षेत्रमा यी दुई उम्मेदवारसँगै अन्य राजनीतिक दलका र स्वतन्त्र सहित उम्मेदवारहरु चुनावी मैदानमा छन् । यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा भने सत्ता गठबन्धन दल र एमालेबीच नै हुने देखिन्छ । आफूले अत्यधिक मत ल्याएर जित्ने दुवै उम्मेदवारको दाबी छ । सुनसरी–२ मा नेपाली काँग्रेस सहितको गठबन्धनका उम्मेदवार सिताराम मेहता २०६२।०६३ को जनआन्दोलनपछि यही क्षेत्रबाट निरन्तर २ पटक सम्म प्रतिनिधिसभाको सदस्यमा निर्वाचित बनेका थिए ।

तेस्रो पटक चुनावी भिडन्तमा रहेको नेपाली काँग्रेसका अग्रज नेता सिताराम मेहतालाई सुनसरीमा विकास र समृद्धिको जग बसाल्ने नेताको रूपमा चिनिन्छ ।

त्यस्तै नेपाली काँग्रेस सहित नेकपा माओवादी केन्द्र, नेकपा एसको साझा उम्मेदवार सिताराम मेहतालाई सुनसरी–२ उम्मेदवारको टिकट दिएपछि चुनावमा जित सुनिश्चितताका लागि सक्रिय रूपमा होमिसकेका छन् । उनी सत्ता गठबन्धन दलका उम्मेदवारका लागि मुख्य प्रतिस्पर्धीका रूपमा चुनावी मैदानमा देखिएका छन् । सुनसरी–२ मा विगतमा भन्दा यो पटक निकै प्रतिस्पर्धा हुने कतिपयको बुझाइ छ । जातिय र भूगोलको हिसाबले एमालेका उम्मेदवार भिमप्रसाद आचार्यको भन्दा अधिकांश क्षेत्रमा काँग्रेसकै उम्मेदवार सिताराम मेहताको बढी प्रभाव रहेको जानकारहरू बताउँछन् । त्यसैको फाइदा उम्मेदवार सिताराम मेहताले लिन सक्ने उनीहरूको अनुमान छ ।

कसको सम्भावना कति ?

सुनसरीमा सक्रिय ठूला दलमध्येका तिन दल कांग्रेस, माओवादी केन्द्र र नेकपा एस सहितको गठबन्धन दल एकातिर र एमाले– जसपा चुनावी मैदानमा छन् । अघिल्लो २०७४ सालको निर्वाचन र गत स्थानीय तहको निर्वाचनमा प्राप्त मत आधार हेर्दा एमाले सुनसरी क्षेत्र न.ं –२ मा निकै कमजोर देखिन्छ ।

२०७४ मा सँगै मिलेर चुनाव लडेको दल माओवादी केन्द्र अहिले एमालेको विपक्षमा छ । यो क्षेत्र नेपाली काँग्रेस, नेकपा माओवादी र एमालेसँग अलग भएको नेकपा एसको पकड क्षेत्रसमेत मानिन्छ । यो क्षेत्रबाट विगतको निर्वाचनमा गठबन्धन दल कांग्रेसका उम्मेदवारले जित्दै आएको छ । पछिल्ला २०७० र ०७४) को निर्वाचन र दुई स्थानीय निर्वाचनमा यी नेपाली काँग्रेसकै उम्मेदवारले जितेका छन् ।

त्यसैले योपटकको निर्वाचनमा गठबन्धन दल नेपाली काँग्रेसकै उम्मेदवार सिताराम मेहताले विजय हुने निश्चितप्रायः देखिन्छ । २०७४ को निर्वाचन जस्तो अहिले एमालेमा बलियो जनाधार देखिँदैन । त्यस्तै गत स्थानीय तहको नतिजा हेर्ने हो भने स्थानीय सरकारमा एमालेको बलियो पकड पनि छैन । यो क्षेत्रमा गठबन्धन बलियो देखिन्छ ।

एमाले भन्दा गठबन्धन बलियो

सुनसरी क्षेत्र न.ं २ मा इटहरी उपमहानगरपालिकाको वडा न.ं १, २, ३, ४, ५, १६, १७, १८, १९,२० रामधुनी नगरपालिकाको वडा न.ं १, २, ३, ५, ८, ९ इनरुवा नगरपालिकाको वडा न.ं १, २, ५, ६, ९, १०, देवानगंज गाउँपालिकाको सबै वडा र हरिनगरा गाउँपालिकाको वडा न.ं ३ सम्म यो निर्वाचन क्षेत्रमा पर्छ । यो क्षेत्रमा पर्ने अधिकाँश स्थानीय तहमा गठबन्धन दलकै नेतृत्व छ ।

गत प्रतिनिधी सभाको निर्वाचनमा कांग्रेसले यो क्षेत्रबाट एक्लै चुनाव जितेको थियो । यो दुवै निर्वाचनमा एमालेका उम्मेदवार पराजित भएका थिए । ०७४ मा एमाले र माओवादी तालमेल गरेर चुनाव लड्दा पनि काँग्रेसकै उम्मेदवार सिताराम मेहता बिजयी भएका थिए ।

यस पटक गठबन्धनका उम्मेदवार सिताराम मेहताको जितका लागि नेकपा माओवादी केन्द्रको मतको महत्व छ । यो चुनावमा माओवालीका तर्फबाटअन्तरघात हुने कुनै सम्भावना नरहेको नेकपा माओवादी केन्द्र सुनसरीका अध्यक्ष योगेन्द्र प्रसाद मण्डलले बताएका छन् । एमाले पार्टी परित्याग गरी माओवादी प्रवेश गरेका इटहरीका पूर्व मेयर तथा माओवादी नेता द्धारिकलाल चौधरी समेत सोही क्षेत्र प्रदेश ‘क’ तर्फका उम्मेदवार भएपछि सिताराम मेहतालाई सहज भएको अर्काथरीको अनुमान छ । आफ्ना लागि यो क्षेत्र जित्न खासै चुनौतीपूर्ण नहुने सिताराम मेहताको पनि बुझाइ छ । तर यो क्षेत्रबाट गठबन्धनको भारी मतको बाबजुत आफू विजय हुने एमालेका उम्मेदवार आचार्यको दाबी छ । एमालेका उम्मेदवार आचार्यले चुनाव जित्न एमालेको मात्रै मतले भने पुग्ने देखिदैन । उनले जित्नका लागि अन्य दलको मत लिनैपर्ने हुँदा सहज भने देखिँदैन ।

यसैगरी सुनसरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार सिताराम मेहतालाई यस क्षेत्रका मतदाताले खास धन्यवाद दिन थालेका छन् ।

नेपाली काँग्रेसबाट सुनसरी क्षेत्र न.ं २ को प्रतिनिधी सभा सदस्यमा मनोनयनपछि मतदाताको प्रारम्भिक आशय बुझ्न यस क्षेत्र भित्र रहेको इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका, इनरुवा नगरपालिका, हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकाको केही वडामा पुगेका सिताराम मेहतालाई मतदाताले फेरी एक पटक सांसद भएको हेर्न चाहेका छन । सिताराम मेहता उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा जहाँ मेहताको पहलमा दर्जनौँ विकास निर्माणका योजना सम्पन्न भएका छन । यस क्षेत्रका विभिन्न सडकको कालोपत्रे र ढलान गरिएको छ । सिंचाई र ढल निकासमा पनि सिताराम मेहताको योगदान छ । यस क्षेत्रका भित्रि सडक कालोपत्रे भएपछि धुलोबाट सर्वसाधरणले मुक्ति पाएका छन ।

सिताराम मेहताले भेटेको अधिकांश मतदाताले आफुहरुले यस्तै विकासको नेतृत्व गर्ने नेता खोजेको भन्दै फेरी एक पटक सांसद भएर अधुरा काम पुरा गर्न सुझाव दिए । सिताराम मेहताले आफ्नो पाँच वर्षे कार्यकालमा कुनै विवादमा आउने काम गरेनन् । जनताकै कुरा सुन्ने । उनीहरुको योजनामा बजेट ल्याउन प्रयास गर्नमा सिताराम मेहताले आफ्नो पाँच वर्ष खर्च गरे ।

आफ्नो दल र अरुको दल भनेर कहिल्यै पनि विभेद गर्ने काम यो पाँच वर्षमा गरेनन् । त्यसैको फलस्वरुप सुनसरी क्षेत्र न.ं २ का मतदाता उनको पक्षमा खुलेरै लागेका छन् ।

सिताराम मेहताको लोकप्रियता देखेर केही बिपक्षी दलका नेताहरुले चुनाव हार्ने डरले स्थानीय दुई चार जना युवाहरु लगाएर मेहताको बिरोध समेत गर्न थालेको यस क्षेत्रका मतदाताको कथन छ ।

Previous Post

चुनावका लागि भारतले दियो २ सय गाडी उपहार

Next Post

हेर्दाचै कम्युनिस्टकाे खाेल ओढ्ने एमाले काम भने फेरि राजा फर्काउने गरिरहेकाे छ : पूर्व राज्यमन्त्री

Next Post
हेर्दाचै कम्युनिस्टकाे खाेल ओढ्ने एमाले काम भने फेरि राजा फर्काउने गरिरहेकाे छ : पूर्व राज्यमन्त्री

हेर्दाचै कम्युनिस्टकाे खाेल ओढ्ने एमाले काम भने फेरि राजा फर्काउने गरिरहेकाे छ : पूर्व राज्यमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist