कार्तिक २१गते,इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं-४ स्थित सुनसरी खाेलामा भव्य आरती गरिएकाे छ।
साेमबार सनातन कुटुम्ब नेपाल द्वारा आयाेजित नमामी सुरसरि पुजन कार्यक्रममा सुनसरी खाेलाकाे पुजापाठ गरि खाेलाकाे भव्य आरती गरिएकाे हाे ।
इनरुवा नगरपालिका नगर प्रमुख केदार भण्डारी ,उपप्रमुख विनिता कुमारी मेहता,प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पुष्प,दुग्ध,लगाय पुजा सामाग्री सुनसरी खाेलामा अर्पण गरि पुजा आरम्भ गर्नुभएको थियाे ।
उक्त आरतीमा ५ वटा घाट निर्माण गरिएकाे थियाे र ५ वटै घटमा पुजारीहरुले पुजापाठ गरि भव्य रुपमा सुनसरी माताकाे आरती गरेका थिए ।
अनुपम प्रकृतिको धराेहरसुनसरी नदि संरक्षण तर्फ ध्यानाकर्षण गर्न गराउन जन सहयाेगमा उक्त पुजापाठ सहित भव्य आरति सम्पन्न भएकाे सतान कुटुम्ब नेपालले जनाएकाे छ ।
कार्यक्रममा इनरुवा नगरपालिका नगर प्रमुख केदार भण्डारी ,उपप्रमुख विनिता कुमारी मेहता,प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,इनरुवा नगरपालिका वडा नं-४,५,८का वडा अध्यक्ष,उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष विरेन्द्र शाह लगायतकाे उपस्थित रहेकाे थियाे भने ५सय भन्दा वढी श्रद्धालु भक्तजहरुकाे सहभागिता रहेकाे थियाे ।