डि.के. रेग्मी
कार्तिक २६गते, इनरुवा । नेपाली कांग्रेसबाट सुनसरी प्रदेश नं. २(ख) का उम्मेदवार राजीव कोइरालाको घरदैलो कार्यक्रम । नाम राजीव
कोइराला तर सबैले चिन्न नाम
‘राजीव दाई’ । नेपाली कांग्रेसको तर्फबाट मेयर पदमा विजयी उम्मेदवार केदार भण्डारीको घरआगनमा जम्मा भएका ‘राजीव दाई’ जिताउ अभियानमा सहभागि हुन आएका हजारैं समर्थक ।बिहानको नास्ता खाएपछि सुरु भएको ‘राजीव दाई’ को घरदैलो कार्यक्रम अन्त्य नहुन्जेल कोहि पनि डगमगाएनन् । इनरुवा ५ का वडाध्यक्ष अनिल पोखरेलको अग्रसरतामा राजीव कोइरालालाई घरघर पु¥याइएको थियो भने उनका पछि लाग्ने सहभागिहरु नथाकिकन नाचिरहेको तथा कोइरालाको नाम लिएर जयजयकार गरेको दिनैभर देख्न सकिन्थ्यो ।अघिल्लो प्रदेशको चुनावमा पनि यसै क्षेत्रबाट विजयी भएका राजीव कोइराला सहीमा नेता हुन लायक थिए भन्ने कोइरालाप्रति बढिरहेको युवा तथा महिलाहरुको क्रेजले पनि प्रष्ट झल्काइरहेको देख्न सकिन्थ्यो । कोइराला घरघर छिरेर आर्शिवाद लिन व्यस्त देखिन्थे भने उनका शुभचिन्तक महिला दिदीबहिनीहरु बाटोमा ‘राजीव दाई’ जिताउ अभियानका गीतको तालमा दिनै भरि नाचिरहको हेर्न लायक दृश्य थियो । त्यसैगरी हाम्रो सुखदुःख बुझ्ने नेता आए भन्दै घरघरमा अविर र माला लिएर उनको स्वागतमा स्थानीयहरु बसिरहेको समेत देख्न सकिन्थ्यो ।आखिर किन बढेर गएको थियो त राजीव कोइरालाप्रति यति ठूलो क्रेज ? सहीमा राजीव कोइराला अघिल्लो कार्यकालमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता थिए । उनै कोइरालाले नीति निर्माणका कामदेखि लिएर आकर्षक विकास निर्माणका कामहरु हुनुपर्छ भन्दै सधैंजसो संसदमा पेचिलो कुरा राख्थे । पछि केपी सरकार ढलेपछि सबैभन्दा ठूलो दलको नेता भएर पनि आन्तरिक कारणले मुख्यमन्त्री पाउन सकेनन् । संसदीय दलको नेता भइसकेको मानिसले आफ्नो सरकार बन्दा नैतिकता एवं इमानदारिता देखाउँदै कुनै मन्त्री पदमा आँखा गाडेनन् । यसले कोइरालाको प्रतिष्ठा आम जनसमुदायमा झन बढेर गयो ।उनै कोइराला अहिले पुनः पार्टीको निर्णयअनुसार सोही पदमा उम्मेदवारी दिंदा कोइरालालाई चिन्नेहरुको खुसीको सिमा रहेन भने केन्द्रीय सदस्य समेत जितिसकेका कोइरालाको प्रतिष्ठा जनताको नजरमा झन बढेर गयो । इनरुवा–दुहवी रोड बनाउने कुरामा सबैभन्दा अगाडि सरेर बोल्ने, स्वास्थ्य नै जीवन हो भन्दै सुनसरी जिल्लामै पहिलो पटक खुल्ला स्वास्थ्य व्यायाम शाला चाहिन्छ भन्दै अग्रसर भएका कोइराला सबैको सुखदुःखमा साथ दिंदै अगाडि बढिरहेका नेता हुन–स्थानीय बासीको एउटै आवाज थियो– त्यसै पनि ‘राजीव दाईको क्रेज जनमानसमा बढेर गएको हो ।