गनेश कुमार यादव
कार्तिक २७ गते,इनरुवा। मुद्दा लागेकाे कारण चुनाव लडेपनि बिकास गर्न सक्दैन भनी प्रचारवाजी गरियाे भनेर बाम लाेकतान्त्रीक गठबन्धन बाट सुनसरी क्षेत्र नं-३ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बिजय कुमार गच्छदारले बताउनु भएकाे छ ।
शनिबार गढी गाउँपालिका वडा नं- ४ स्थित चुनावी सभालाई सम्बाेधन गर्दै गच्छदारले उक्त कुरा बताउँनुभएकाे हाे ।
चुनावी सभा सम्बाेधन गर्दै”नेकपा एमालेकाे सरकार हुँदा मलाई जबर्जस्ती ललिता निवास जग्गा प्राकरणमा मुद्दा लगाएकाे कारणले धेरै अफुवाहा फैलाईदियाे जस्काे कारणले गच्छदार चुनाव लड्न पाउँदैनन् ।,`मुद्दा लागेकाे कारण चुनाव लडेपनि बिकासका कामहरु गर्न सक्दैनन् ।,`भनी भ्रमपुर्ण हल्ला फैलाएकाे छ।” गच्छदारले बताउनुभएका हुन् ।
मतदाताहरुलाई गच्छदारले भने “याे हल्लाकाे पछि नलाग्नुस्,यदि म चुनाव लड्न पाउँदिन थिए भने निर्वाचन आयाेगले राेकि दिन्थ्याे नि?,`एमालेका केही मानिसले निर्वाचन आयाेगमा उजुरिगरे मेराे उम्मेदवारी रद्द गर्न तर निर्वाचन आयाेगले त्याे उजुरी खारेज गरिदियाे ।”
बिपक्षी सर्वाेच्च अदालतमा मेराे उम्मेदवारी खारेज गर्न गए तर सर्वोच्च अदालतले मेराे उम्मेदवारी खारिज गरेन,त्यसैले आज बैधानिक रुपले म तपाईंहरू सामु सातौं पटक मत माग्न आएकाे बताउनुभयाे ।
चुनावी सभालाई सम्बाेधन गरणै गच्छदारले आफ्नो पहलमा लाेहनि,एकमा,औरावनी देखि खडी टाेल,बाेर्डर सम्मकाे सडक टुलाईन गरि कालाेपत्रे हुने र २५ कराेडमा उक्त सडककाे टेण्डर समेत लागिसकेकाे बताउँनुभयाे ।
बिपक्षीका कुरा नसुनिकन बिगतका दिनहरुमा जसरी विश्वास गरि मत दिएर सुनसरी क्षेत्र नं-३ काे बिकासका लागि आफुलाई बिजय गराउँनुभयाे त्यसरी नै एसपटक पनि विश्वास गरि बिजय गराई बाँकी रहेका कामहरु गर्नका निम्ति आफुलाई मतदान गर्न समेत गच्छदारले मतदाताहरुलाई आग्रह गरे। गच्छदार चुनावी सभाामा आउनासाथ त्यहाँका मतदाताहरुमा उत्साह छाएकाे थियाे । मतदाताहरुले आफ्नो क्षेत्रमा रहेका समस्या सुनाउदै तत्काल एउटा पुल,शमसान घाट,टेबल,कुर्सी, र भाेजभतेरमा खाना पकाउन प्रयाेग गरिने सामाग्रीहरु उपलब्ध गराइदिन अनुराेध समेत गरेका थिए भने गच्छदारले चँडाेभन्दा चाँटाे उक्त सामाग्री उपलब्ध गराउने र पुल पनि चाँडै बनाउने मतदाताहरु समक्ष प्रतिवद्धता जाहेर गरेका थिए ।
चुनावी सभामा बाम लाेकतान्त्रिक गठबन्धन सुनसरी क्षेत्र नं-३ का प्रतिनिधि सभा सदस्य बिजयकुमार गच्छदार ,सुनसरी क्षेत्र नं-३ (ख) प्रदेश सभा सदस्य पदका उम्मेदवार विन्देश्वर यादव,गढी गाउँपालिकाका निवर्तमान अध्यक्ष श्रिप्रसाद यादव,लगायतकाे आतिथ्यता रहेकाे थियाे भने ३ सय जना भनणदा बढी मतदाताहरुकाे सहभागिता रहेकाे थियाे ।