मंसिर १४ गते,इनरुवा। सुनसरीकाे इनरुवा नगरवालिका वडा नं-५ मा मानव बेचबिखन रोकथाम तथा नियन्त्रण कार्यक्रम सम्पन्न भएकाे छ ।
बुधबार इनरुवा नगरपालिका वडा नं-५ काे कार्यालयमा ” ३१ औं लैंङ्गिक हिंसा विरुद्द अभियान अर्न्तगत ” मानव बेचबिखन रोकथाम तथा नियन्त्रण कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा मानव बेचबिखन ओसारपसार रोकथाम तथा नियन्त्रण बारे विभिन्न संघ-सस्थाका पदाधिकारीहरु,स्थानियबासि अभिभावक लगायत विद्यार्थीहरुसंग छलफल गरी त्यस्ता अपराधीक गतिविधिमा संलग्न प्रतिवादीहरुलाई कसरी कानूनको दायरामा ल्यानका साथै कानूनद्वारा दण्ड सजाय हुनेबारे जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेकाे इनरुवा नगरपालिका वडा नं-५ का वडा अध्यक्ष अनिल कुमार पाेखरेलले जानकारी दिए ।
उक्त कार्यक्रम इनरुवा नगरपालिकाकाे आयाेजनामा सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा इनरुवा नगर प्रमुख केदार भण्डारी,उपप्रमूख बिनिता कुमारी मेहता, इनरुवा नगरपालिका वडा नं. ५ का कार्यलय प्रमूख,जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक निरला भण्डारी साथै अन्य विभिन्न संघ-सस्थाका पदाधिकारीहरु,स्थानियबासि अभिभावक लगायत विद्यार्थी भाईबहिनीहरुकाे उपस्थिति रहेकाे थियाे ।