ADVERTISEMENT
Tuesday, May 12, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इन्सेककाे पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

गणेश कुमार यादव by गणेश कुमार यादव
December 9, 2022
in मुख्य समाचार, स्थानीय समाचार
0
इन्सेककाे पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
42
SHARES
Share on FacebookShare on Twitter

मसिर २३ गते इनरुवा । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुनसरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरीको सभाहलमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुनसरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको हाे ।

मानव अधिकारसँग जोडिएका विषयमा इन्सेक सुनसरी प्रतिनिधिले सन् २०२२ को जनवरीदेखि नोभेम्वर ८ सम्म जिल्लामा अभिलेखीकरण गरिएका घटनामाथि सरोकारावालाबिच समीक्षा गरिएको हाे । जिल्लामा २०७८ पुस १७ गतेदेखि मङ्सिर २२ गते सम्मको ११ महिनाको अवधिमा जिल्लामा हत्याका १२ ओटा, बलात्कारका ८७ ओटा, बलात्कार प्रयासका ३१ ओटा, बहुविवाहका २४ ओटा, मानवबेचविखन तथा ओसारपसारका पाँच ओटा, बाल यौन दुव्र्यवहारका २० ओटा र बाल बिज्याईका १० ओटा घटना अभिलेखीकरण गरिएको इन्सेक सुनसरीले जनाएको छ ।
विगतको भन्दा घटनाको प्रकृति र स्वरुप फेरिएपनि घटना कम नभएको देखिएको विवरण जिल्ला प्रतिनिधि जयकृष्ण यादवले प्रस्तुत गरेका थिए ।

मानव अधिकार हनन तथा उल्लघंनका घटनाहरु संकलन गर्दा सुनसरीमा सन् २०२२ को जनवरीदेखी डिसेम्बर ८ सम्मको तथ्यांक प्रस्तुत गरिएको जनाएको छ । यादवले सरोकारबालाहरुको साकारात्मक र आलोचनात्मक दुवै सुझाव इन्सेक नेपाल मानवअधिकार वर्षपुस्तक-२०२३ का लागि महत्वपूर्ण हुने बताए । शिक्षा, स्वास्थ्य, खाध्य, अवास र सूचनाको हकको पनि उपभोग सहज गर्न नपाएको अवस्थाका बारेमा चर्चा गरिएको थियोे । उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साहले नागरिकको मानव अधिकारको पूर्ण अनुभुतीका लागि राजनीतिक रुपमा पनि सचेतना र सहकार्य आवश्यक रहेको बताए । साहले लागु औषधका घटना त्यसमा र बालबालिकाहरुको प्रढ्दो सकृयाले समयमा न्यूनिकरण गर्नतर्फ ध्यान दिनुपर्नेमा जाेड दिएका थिए ।

जेष्ठ नागरिक सरोकारका इनरूवा संयोजक नविनचन्द साहले गाउँमा अझै पनि छोरीलाई शिक्षा राम्रोसँग दिन नसकेको घटनालाई नेपाल मानव अधिकार वर्ष पुस्तकले ध्यान दिनुपर्ने बताए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दल कुमार राईले नेपाल प्रहरी अपराध न्यूनीकरण गर्न र दोषीलाई कारबाही तथा पीडितलाई न्याय दिलाउनका लागि प्रतिवद्ध भएर काम गर्दै आएको बताए । उनले नेपाल मानव अधिकार वर्ष पुस्तक दस्तावेज भएका कारण कतिपय अवस्थामा पीडितले वर्ष पुस्तकमा अभिलेखीकरण गरिएका घटनाबाट पनि पीडितले न्याय पाएको बताए ।
त्यसैगरी पत्रकार डुमरलाल महेताले स्थानीय तहका न्यायिक समितीका घटनालाई पनि मानव अधिकार वर्ष पुस्तकमा समावेश गर्नुपर्ने सुझाव दिए ।

उक्त कार्यक्रममा प्रमुख अथिति सहायक प्रमुख जिल्ला अधिकारी ओम भट्टराईले राजनीतिक समयन्त्रलाई सकृय गरेर अपराध र अधिकार हननका घटना न्यूनिकरण गर्न सक्ने जानकारी दिए । उनले सामाजिक बेमेलता, चेतनाको अभाव र बेरोजगारीका कारणले पनि घटनाहरु हुने गरेकाले समाजमा सचेतनाका कार्यक्रम गरेर अपराधका घटना न्यूनिकरण गर्न सक्ने जानकारी दिए ।

उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साह,ओमकार न्यौपाने, नुनुलाल साह, कोपीला श्रेष्ठ, राजेश यादव, सचेन्द्र यादव, राजेस यादव लगायतकाे उपस्थिती रहेको थियो भने मानव अधिकार सञ्जालका संयोजक रमेश भट्टराईको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियाे ।

Previous Post

फाइबर काटिएपछि एनसेलको सेवामा समस्या, कम्पनीले माग्यो माफी

Next Post

लगातार पेनाल्टी शूटआउट जित्दै क्रोएसिया सेमिफाइनलमा, ब्राजिल बाहिरियो

Next Post
लगातार पेनाल्टी शूटआउट जित्दै क्रोएसिया सेमिफाइनलमा, ब्राजिल बाहिरियो

लगातार पेनाल्टी शूटआउट जित्दै क्रोएसिया सेमिफाइनलमा, ब्राजिल बाहिरियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2233 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1692 shares
    Share 677 Tweet 423
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist