पुस १४ गते,इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं-७ चाँदवेलामा स-सम्मान बिदाई एवं स्वागत कार्यक्रम सम्पन्न भएकाे छ । बिहिबार चाँदवेलामा ६० बर्ष उमेरका पुगि बिदाई हुने महिला स्वास्थ्य स्व्यंसेविकाहरुलाई बिदाइ तथा नयाँ नियुक्ती भएका महिला स्वास्थ्य स्व्यमंसेविकाहरुकाे स-सम्मान बिदाई एवं स्वागत गरिएकाे हाे ।
चाँदवेला स्वास्थ्य चाैकी ७ नं वडा कार्यालयकाे आयाेजनामा ६० बर्ष उमेरका पुगि बिदाई हुने महिला स्वास्थ्य स्व्यंसेविकाहरुलाई बिदाइ तथा नयाँ नियुक्ती भएकी महिला स्वास्थ्य स्व्यमंसेविका हरुलाई इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले स्वागत गरेकाे इनरुवा नगरपालिकाका जनस्वास्थ्य साखा प्रमुख निखिल पोखरेले जानकारी दिनुभयो ।
नगर प्रमुख भण्डारीले बिदाइहुने महिला स्वास्थ्य स्व्यंसेविकाहरुको योगदानको प्रसंसागर्दै प्रमाणपत्र तथा खादा लगाएर सम्मान गरी जनही रु. २५०००। प्रदान गर्ने घोषणा समेत गरेका छन् ।
इनरुवा नगरपालिका वडा नं-७ चाँदवेलाका ८ जना महिला स्वयंसेविकालाई बिदाई तथा नयाँ ८ जना महिला स्वयंसेविकालाई स्वागत गरिएकाे जनाइएको छ ।
कार्यक्रममा नगर प्रमुख ,उपप्रमुख,जनस्वास्थ्य साखा प्रमुख निखिल पोखरेले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा इनरुवा नगरपालिकाका नगरप्रमुख केदार भण्डारी ,उपप्रमुख बिनिता मेहता,इनरुवा नगरपालिकाका जनस्वास्थ्य साखा प्रमुख निखिल पोखरेल,इनरुवा नगरपालिका वडा नं-७ का वडा अध्यक्ष हिम्मत सिंह लगायतकाे आतिथ्यता रहेकाे थियमे भने महिला स्वयंसेविकाहरुकाे उपस्थिति रहेकाे तियाे ।