पुष २५ गते , विराटनगर । प्रदेश १ सरकारले मन्त्रालय संख्या ९ वटामा झार्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले मन्त्रालयको संख्या १४ वटाबाट घटाएर ९ वटा बनाउने निर्णय गरेको मन्त्री भक्ति सिटौलाले जानकारी दिए ।
‘मन्त्रालय धेरै भए मन्त्री धेरै भए भन्ने गुनासो आइरहेको छ, जनगुनासोलाई विचार गरेर हामीले मन्त्रालय संख्या ९ वटामा झार्न आवश्यक प्रक्रिया पूरा गर्ने निर्णय गरेका छौं’ उनले भने ।
यसअघि प्रदेश १ मा ७ वटा मन्त्रालय थियो, तर नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको गठबन्धन बनेपछि मन्त्रालय संख्या बढाएर १४ सम्म पुर्याइएको थियो । श्राेत अनलाइन खबर