माघ २० गते,इनरुवा ।हरिनगर गाउँपालिका प्रशासकीय भवनको शिलान्यास गरिएकाे छ ।
शुक्रबार हरिनगर गाउँपालिका वडा नं-४ मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुरर कार्कीले उक्त भवगनकाे शिलान्यास गरेका हुन् ।
गाउँपालिकाकाे भवन आठ करोड १९ लाख २८ हजार तीन सय दुई रुपैंया ५९ पैसाको लागतमा ड्रागन रविन एण्ड श्रेया जेभी कोटेश्वरले निर्माणको ठेक्का पाएको छ । सो कार्यालय भवन आगामी ३० महिनामा सम्पन्न गरिने उल्लेख गरिएको छ ।
भवनको शिलान्यास गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले समय अगावै उक्त भवनकाे निर्माण कार्य सकिनेमा आफू ढुक्क रहेको बताए । हरिनगरमा आफूले धेरै विकासका योजना ल्याएको तथा कतिपय कार्यान्वयनको चरणमै रहेको उनले बताए । कार्कीले नागरिकका हरेक समस्यामा केन्द्रित रहेर आगामी ५ वर्षको कार्यकाल पूरा गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी,नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे लगायत सुरक्षा निकायका प्रमुख तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।