माघ २२ गते,इनरुवा । सुनसरीको इनरुवा ७ इनरूवा,दुहबी खण्डको गडन खोला नजिकै निर्माण भएको प्रहरी बिटको उद्घाटन गरिएको छ ।
आईतबार जिल्ला प्रहरी कार्यालय सुनसरी र इनरुवा नगरपालिकाको पहलमा इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले प्रहरी बिटको उद्घाटन गरेका हुन् ।
उक्त बिटमा असई नेतृत्वको ६ जना प्रहरी रहने जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै इनरूवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले नागरिकको शान्ती सुरक्षा, अमनचयनका लागि प्रहरीले खेलेको भुमिकाको प्रसंशा गरे । हाल सुनसरी प्रहरीले विभिन्न मुद्दामा फरार भएका तथा समाजमा द्वन्द सिर्जना गर्ने लगायत लागु औषधका कारोवारीहरुलाई धमाधम प्रक्राउ गरि कानुनी दायरामा ल्याइरहेकोले सुनसरी वासीले आफु सुरक्षित रहेको महसुस गरिरहेको उनकाे भनाई छ । नगर प्रमुख भण्डारीले आवश्यक ठाउँमा प्रहरी विटको उद्घाटन गर्न पाउदाँ खुसी लागेको बताए ।
उक्त कार्याक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल, सशस्त्र प्रहरी उपरीक्षक लकेश कुमार तुम्बाहाफे, इनरुवा नगरपालिकाका जनस्वास्थ्य प्रमुख निखिल पोखरेल,नेकपा एमालेका नेता खेमराज पोखरेल,इनरुवा–५ की वडा सदस्य सारदा भट्टाई,लगायतको उपस्थिती रहेको थियो ।