माघ २६ गते, इनरुवा । इनरुवा नगरपालिका अन्तर्गतको वडा नं. ५ हिजोसम्म कम्युनिष्ट गढका रुपमा परिचित थियो । उक्त पार्टीले जोकोहीलाई उठाए पनि अरु पार्टीले आसै नगर्ने वडा । त्यस्तो वडामा यसपल्ट कांग्रेसले बाजी मा¥यो वडाध्यक्षमा । वडाध्यक्षले पनि जिताउने हातहरुलाई र सम्पूर्ण वडाबासीप्रति कृतज्ञता प्रकट गरेकै हुन ।
वडाध्यक्षमा जितेका अनिल पोखरेलले वडामा नमूना काम गरेर देखाउने भन्दै पनि आएका थिए । सहीमा पछिल्लो समय उनले नमूना काम गरेर देखाउन सफल भएका छन ! कतै नभएको जात्रा हाँडिगाउँमा भनेझैं आम वडाबासीलाई राहत दिनु त कता हो कता घरबाटो सिफारिस दिंदा सर्जमिन दस्तुर बापत रु. ५००।– असुलेर गरेनन् त नमूना काम ? नगरपालिकाभित्रका कुनै पनि वडामा अहिलेसम्म नलिएको सजर्मिन दस्तुर इनरुवा नगरपालिका मेयरका नजिकका विश्वासिला पात्र भनेर चिनिएका पोखरेलले लिएको सजर्मिन दस्तुरका कारण यतिबेला सर्वत्र विरोध हुन थालेको छ ।
उनलाई वडाध्यक्ष बनाउन महत्वपूर्ण भूमिका खेल्नेहरु पनि यतिबेला उनको यस कदमको खुलेरै विरोध गर्न थालेका छन जुन यतिबेला भाइरल भएको सर्जमिन दस्तुरबाट काटिएको रसिदसहितको फेसबुक वालबाट छर्लङ्ग हुन्छ । यतिबेला फेसबुक वालहरुमा वडा नं. ५ का वडाध्यक्षको सर्वत्र विरोध भइरहेको छ ।
उक्त घरबाटो सिफारिसमा सिफारिसबापत १६००।– (जुन अन्य वडाभन्दा महँगो नै हो), रसिद छपाइबाट रु. २०।– (जुन जायज नै हो) र अन्य दस्तुर भन्दै सर्जमिन दस्तुर बापत रु. ५००।– (काँही नभएको जात्रा हाँडी गाउँमा) काटिएको छ । यतिबेला यसैको विरोधमा स्थानीयहरुले आवाज उठाएका छन्– सजर्मिन गर्न जाने काम नगरपालिकाको कर्मचारीको, त्यसका लागि अमिन ओभरसियर खटाइएको हुन्छ र सो काम गरेबापत उनीहरुलाई नेपाल सरकारले तलब दिएको हुन्छ । अब सरकारले तलब दिएर राखेको कर्मचारीले सर्जमिन गर्दा त्यसको मार किन उपभोक्तालाई ? स्थानीयबासीले त्यसको विरोध गर्नुको अर्को प्रमुख कारण हो– सर्जमिनको नाममा रकम असुल्ने अनि सर्जमिन भने वडामै बसीबसी हुने ? अहिलेसम्म कहाँ कहाँ र कति सर्जमिन भयो ? त्यसको हिसाब इनरुवा ५ बासीलाई चाहियो –स्थानीयहरुको आवाज छ । नमूना काम गर्ने भन्दै आएका वडाध्यक्ष पोखरेलले यस विषयमा स्थानीयबासीको मन बुझाउन के भन्छन् त्यो भन्ने हेर्न बाँकी नै छ ।