फागुन २६ गते,इनरुवा । सुनसरीको इनरुवामा”बैंककाे व्याजदर एक अंसमा कायम गर” भन्ने नाराका साथ विराेध सभा गरिएकाे छ ।
शुक्रबार इनरुवा-१ स्थित रहेकाे श्री सत्यनारायण मन्दिरकाे प्रांगणबाट बैंक तथा वित्तीय उपभोक्ता संघकाे “बैंककाे व्याजदर एक अंसमा कायम गर”भन्ने नाराका सथ व्यापारी तथा सर्वसाधारणहरुले विराेध गरेकाे हाे ।
इनरुवा बजारमा नारावाजी गर्दै व्यापारी तथा सर्वसाधारणहरुले प्रमुख जिल्ला अधिकारी हुकुमला पाण्डे मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा ज्ञापनपत्र बुझाएका छन् ।
बैंकिङ्ग क्षेत्रमा देखिएको अस्थिर अवस्थाका कारण उद्योगी व्यवसायीहरुलाई पलायन हुनवाट जोगाउन अनुकूल वित्तीय वातावरण निर्माण गर्न निम्नानुसार बुंदामा आवश्यक कार्यान्वयनका लागि विभिन्न ८ बुंदासहित उक्त ज्ञापनपत्र बुझाएकाे लक्ष्मी प्रसाद साहले जानकारी दिए ।
निक्षेपको ब्याजदरमा बृद्धि हुँदा पनि बैंकमा निक्षेप नबढनुको कारण भनेको बजारमा निक्षेपयोग्य रकमको अभाव हो ।, अर्कातर्फ निक्षेपमा ब्याजदर बृद्धि भएको देखाएर कर्जाको ब्याजदर बृद्धि भएर बजारमा नकरात्मक प्रभाब पारेको अवस्था रहेकाे साहले जानकारी दिए । असोज महिनासम्म ५५ मात्र पुँजीगत खर्च भएकाले बजारमा तरलताको चरम अभाव भएको छ जसमा सुधार हुनु आवश्यक उनकाे भनाइ छ ।
उक्त विराेध सभामा उद्याेग वाणिज्य संघ इनरुवाका काेषाध्यक्ष उमेश गुप्ता,विजय साेनी,विन्दा साह,कृष्ण प्रसाद मेहता,पलबहादुर कटुवाल,लक्ष्मी प्रसाद साह लगायतकाे सहभागी तरहेकाे थियाे ।
संघर्ष समिति सुनसरीले उक्त विराेध सभाकाे आयाेजना गरेकाे थियाे ।