जयकृष्ण यादव
फागुन २७ गते,इनरुवा । सरकारी अस्पतानमा सनिबार प्रायः डाक्टरहर इमेरजेन्सी बाहेकको ओपीडीको काम नहुने भएपछि पालोमा काम गर्ने वा विदा मनाउने गरेको सुन्नुभएको छ । तर सनिबारको विदामा पनि डाक्टरले विदा मनाउने समयलाई अस्पातलको पहुचमा नरहेको विपन्न बस्तीमा स्वास्थ्य सचेतनासगैं चेकजाच गर्ने कार्यमा बस्ती पुग्नुभयो । चेकजाच गर्ने कार्यमा जिल्ला अस्पताल सुनसरीका लाग्नुभएको छ । एका विहानै जिल्ला अस्पताल सुनसरीका प्रमुख डा. देवराज घिमिरे सहितका डाक्टरहरु इनरुवा नगरपालिका वडा नम्बर ८ डुम्राहाको बिपन्न बस्ती पुग्नुभयो ।
सुरुमा गाउँमा डाक्टरहरु आएको भन्दा स्थानीयलाई विश्वास नै लागेन तर जब सुगना उराँवको आगनमा डा. घिमिरे र उहाँको टिमले स्थानीयहरुलाई स्वास्थ्यमा वा शरिरमा कुनै समस्या छ भनेर सोध्न थाल्नुभयो र प्रेसर, सुगर, पाठेघरको समस्या अनि मुटुको चाल परिक्षणको कार्य सुरु गर्नुभयो । त्यसपछि एक कान दुई कान मैदान हुदै गाउँभरी स्थानीयहरु डाक्टरलाई आगनमै भेटेर समस्या बताए र स्वास्थ्य परिक्षण गराउनुका साथै निशुल्क केही औषधी समेत पाउनुभएको छ । गाउँमा बस्ने र अस्पताल नदेखेका इनरूवा ८ डुम्राहाका उराँव समुदायको गाउँघरमा औषधीसहित प्रमुख डा. घिमिरेले चिकित्सकको टोली लिएर निशुल्क स्वास्थ्य परिक्षण उपचार गर्न पुग्नुभएकाले स्थानीय खुसी देखिएका थिए । जिल्ला अस्पताल सुनसरीका मेडिकल सुपरिटेण्ड डा. देवराज घिमिरे गरिबको घरघरमा गएर उपचार गर्ने आफ्नो योजना गहेको सुनाउनुभयो । उहाँले मानव सेवा नै सबै भन्दा ठूलो धर्म भएकाले सनिबारको विदा गाउँका नागरिकसगं भेटघाट सहित गाउँघरमा नागरिकको दैलोमा औषधीसहित चिकित्सकको टोली लिएर निशुल्क स्वास्थ्य परिक्षण उपचार गरेको बताउनुभयो ।यसअघि भोक्राहा नरसिंह गाउँपालिका, इनरुवा नगरपालिकाको मधेसा बलाहा, कोशी गाउँपालिका सहित सातो स्थानामा यस प्रकारको निशुल्क स्वास्थ्य परिक्षण उपचार सेवा प्रदान गरेको डा. घिमिरेले बताउनुभयो । डा. घिमिरेका अनुसारगाउँमा दृर्घरोगीहरु रहेको त्यसमा प्रेसर, सुगर, पाठेघरको समस्या, मदिरा सेवनकर्ता, छाला सहितका समस्या भएका विरामीहरु रहेको पाइएको छ । घरघरमै परिक्षण सहित औषधी वितरण गरेको उहाँले बताउनुभयो ।